ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना भाइरसका कारण ईपीएल स्थगित        

Mar 5, 2020  
खेल विविध
Image Not Found

फागुन २२, काठमाडौं । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ ।     
     
 चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि ईपीएल स्थगन गरिएको आयोजक ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । उनका अनुसार नेपाल क्रिकेट संघ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो ।

‘कोरोनाको त्रासले अहिले ईपीएल स्थगित गरेका छौं,स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौं’, उनले भने ।  यसअघि ईपीएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो ।

प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुनेछ । टोलीमा ललितपुर, काठमाडौं किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्