ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एस्कभेटरमा आगजनी गर्नेलाई कारबाहीको माग 

Mar 6, 2020  
विविध
NA

काठमाडौं (अस) । नेपाल निर्माण व्यवसायी महासंघले एस्कभेटरमा नियमित रूपमा भएको तोडफोडप्रति आपत्ति व्यक्त गरेको छ । गृह मन्त्रालय तथा सम्बद्ध निकायहरूमा सुरक्षाको माग गर्दागर्दै पनि बुधवार राति कपिलवस्तुको विजयनगर गाउँपालिकामा एस्कभेटर र लोडर गरी चारओटा र दुईओटा जीपमा अज्ञात समूहले आगजनी गरेको महासंघले उल्लेख गरेको छ । बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले उक्त आगजनीबाट करीब रू. ५ करोडको क्षति भएको दाबी गरेको छ । हुलाकी राजमार्गको उक्त खण्ड निर्माणको जिम्मा पाएको शर्मा एन्ड कम्पनीले निर्माण गर्दै आएको छ । ग्यारेजमा राखेका एस्कभेटर र लोडरमा गरिएको आगजनीबाट स्तब्ध भएको भन्दै कम्पनीले कारबाहीको माग गरेको छ । विगत केही महीनादेखि नियमित रूपमा यस्ता आगजनी  र तोडफोड हुँदासमेत सरकारले कुनै कारबाही नगरेको महासंघले बताएको छ । महासंघले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकार तथा स्थानीय प्रशासनसँग माग गरेको छ । सरकारले आगजनी गर्नेलाई कारबाही नगरे निर्माणका काम ठप्प पार्ने र आन्दोलनसमेत गर्ने दाबी गरेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्