ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘पुतलीको बिहे’ माथि परिचर्चा सम्पन्न 

Mar 8, 2020  
विविध
Image Not Found

काठमाडौं । कवि भगवती जोशीको बाल कविता कृति ‘पुतलीको बिहे’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा गोधूली साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमका बीच उक्त कृति माथि वरिष्ठ समालोचक डा. रामप्रसाद ज्ञवाली, वरिष्ठ साहित्यकार समालोचक छायादत्त न्यौपाने बगर र अनहिता अधिकारीले चर्चा परिचर्चा गरेका थिए ।

समालोचक डा. ज्ञवालीले बाल साहित्यबाट मनोरञ्जन मात्र नभएर बालबालिकालाई संस्कार पनि सिकाउनु पर्ने आवश्यकता आंैल्याए । जोशीको कृति बालबालिकालाई संस्कार सिकाउने, देश सिकाउने, माटो बुझाउने खालको भएको उनको भनाइ छ । 

त्यस्तै वरिष्ठ समालोचक छायादत्त न्यौपाने जोशीको कृतिमा वालवालिकाका लागि धेरै नै उपयोगी सामग्री रहेको उल्लेख गरे । उनले कृतिले बाल साहित्यमा  हुनु पर्ने अनिवार्य मान्यतालाई समेत समेट्न सकेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्