ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नयाँ वर्षको सुख

२०७६ पौष, १८  
तीतो मीठो
Image Not Found
author avatar मदन लम्साल

हामी नेपालीहरू धेरै भाग्यमानी हौं किनकि विश्वका अधिकांशले वर्षमा एकपटक मात्र नयाँ वर्ष मनाउन पाउँछन् हामीले चैं कम्तीमा पनि आधा दर्जनजतिन्यू इयर मनाउने सौभाग्य पाएका छौं पहिलो वैशाख , त्यसपछि नेपाल संवत्, अनि पश्चिमाहरूको जनवरी , अनि आउँछन् तीनओटा ल्होसार

नयाँ वर्षमा आफन्तहरू मित्रजनहरूले दिएको शुभकामनाको बाढी सम्हाल्न पनि भ्याइनभ्याइ पो यसमा प्रविधिको विकासको पनि ठूलै हात आजभोलि पहिलेजस्तो शुभकामना लेख्ने, टाइप गर्ने वा भनिरहने कष्ट गर्नै पर्दैन गूगल युट्युबका भित्ताहरूमा रेमिमेड भच्र्युअल शुभकामनाका किसिम किसिमका डिजाइन छ्याप्छ्याप्ती सित्तैमा पाइहालिन्छ एउटै क्लिकमा हजारौंलाई एकैचोटि पठाइदियो, काम तमाम ! त्यसैले शुभकामनाको छाल यसरी आइरहेको कि / दिन सामाजिक सञ्जाल, मोबाइलमा २४ घण्टा समय दिए पनि थेग्न सकिँदैनजस्तो जे होस्, अनलाइनमा शुभकामना दिने कुरामा देश आत्मनिर्भर भइसकेको

नेपालमा यती पाइएको थिएन त्यो नपाएर कति स्वदेशी विदेशी दुःखी थिए त्यै भएर सरकारले हिमाल, पहाड, तराई, गोकर्ण, लुम्बिनी दरबारमार्ग, ताहाचल जताततै यतीलाई स्थापना गर्दियो

तर भने मलाई शुभकामना दिने नदिने सबैलाई शुभकामना दिन हिचकिचाइहेको छु कसरी भनुँ कि यो नयाँ वर्षमा तपाईंलाई सुख, शान्ति मिलोस् भनेर ? किनकि, दिएपछि त्यो शुभकामना फलदायी पनि हुनुपर्‍यो नि तर त्यस्तो भएजस्तो लाग्दैन मानौं मैले कुनै किसानलाई भनेँ कियो वर्ष तपाईंको बाली राम्रो लागोस् तपाईंले राम्रो मूल्य पाउनुहोस् मेरो शुभकामना लागेर भगवान् वा प्रकृतिले भनेजस्तै उनको उखु वा खाद्यान्न राम्रो फल्यो पनि रे तर फसल बेचेर उनलाई फाइदा हुन्छ ? फसल आउनासाथ व्यापारीले मूल्य घटाउन थाल्छन् त्यसरी किनेको लुकाउन पनि थाल्छन् साथै विक्री भाउ बढाइदिन्छन् सरकार जिल्ल परेर हेरिरहन्छ त्यति बेला मलाई आफूले दिएको शुभकामनाकै उपहास भए झैं लाग्छ

मैले एकपटक एक सरकारी कर्मचारीलाई सुख समृद्धिका लागि शुभकामना दिएँ नतीजा यस्तो भयो कि उनले सेवाग्राहीसँग घूस पो लिन थाले किनकि उनलाई मेरा शुभकामना पूरा गर्नु थियो तपाईंलाई थाहै , सरकारी कर्मचारी वा नेता घूस नलिई पक्कै पनि सुखी हुन सक्तैनन् त्यो एक वर्ष ती कर्मचारी सुखी नै रहिरहे

तर वर्ष सिद्धिनासाथ उनी अस्ति भर्खर अख्तियारबाट समातिए त्यस्तै एक नेतालाई मैले गतवर्ष तपाईंलाई सुख, शान्ति उज्यालो (याने रोशनी) देओस् भनेको थिएँ उनले एउटा समृद्ध संस्थाको पूरै कोष हजम पारेछन् रोशनी नामकी सहायकसँग दोस्रो गन्धर्व बिहे पनि गरेछन् त्यस्तै त्रिविविका एक विद्यार्थीलाई भनेको थिएँ कि तिम्रो नयाँ वर्ष सुखमय रहोस् भनेर उनले त्रिविविका एक प्रोफेसरलाई घूस ख्वाएर परीक्षाभन्दा पहिले नै प्रश्नपत्र हात पारे अनि गोल्ड मेडल पाएर सुखी भए हुन सक्छ ती प्रोफेसरलाई पनि कसैले सुख पाउने शुभकामना दिएका थिए

त्यसैगरी पत्रकार साथीहरूलाई यो वर्ष सुखमय होस् भनेको बालुवाटारमा गएर शपथका साथै के के खान भ्याएछन् उनीहरूले सुख पाए, अब देशले चैं के पाउने हो थाहा छैन मैले कतिपय राजनीतिमा लागेका तर जीवनमा कहिल्यै कुनै अफिसमा समेत काम नगरेका मानिसलाई सुखको शुभकामना दिएको थिएँ ती अहिले मन्त्री भका छन् उनीहरूले जजसलाई प्रतिस्थापन गरे, शायद उनीहरूलाई कसैले पनि सुख पाउने शुभकामना दिएका थिएनन् होला त्यै भएर उनीहरू मन्त्रीबाट हटे त्यसैले मलाई शुभकामना दिइहाल्न डर लाग्छ क्या ! किनकि जसलाई शुभकामना दियो, उसले सुख पाउँछ, तर अर्कोले दुःख यसको मतलव मैले दिएको शुभकामना मात्र पूरा हुन्छ भन्ने होइन नि शुभकामना सबैको लाग्छ त्यसैले जजसले बढी शुभकामना पाए, उनैले बढी सुख पाए शुभकामनाले सुख मात्र होइन, सत्ता पनि पाइन्छ बढी मानिसको शुभकामना पाएरै नेताहरू सरकारमा पुग्छन् भनेपछि नेताहरू वा सरकारले नै दिएको शुभकामना झन् कति फलदायी हुन्छ होला ?

दुई तिहाइको शुभकामना पाएको सरकारले पनि जनतालाई सुखको कामना गरेको गर्‍यै छ अझ सुखी मात्र होइन, समृद्ध नेपाली पनि भन्या भन्यै नेपालमा यती पाइएको थिएन त्यो नपाएर कति स्वदेशी विदेशी दुःखी थिए त्यै भएर सरकारले हिमाल, पहाड, तराई, गोकर्ण, लुम्बिनी दरबारमार्ग, ताहाचल जताततै यतीलाई स्थापना गर्दियो अझ नेपाल भ्रमण वर्ष २०२० को प्रतीक चिह्न (मस्कट) स्वरूप सरकारले ठाउँठाउँमा यतीको मूर्ति नै ठड्याइदिएको अझ यसलाई छिट्टै विश्वभर पुर्‍याउने रे यसरी नेपालमा यती पाइएन भनेर दुःखी भएकाहरूलाई सरकारले एकाएक सुख दिन थालेको भर्खरै सूचना विधेयकबाट पनि सरकारले नेपाली जनतालाई धेरै सुख दिन खोज्दैछ क्यार ! त्यो पाउने भएर खुशीले होला सामाजिक सञ्जालमा मानिसहरू एकाएक शान्त संयमित हुन थालेका देखिन्छन्

सरकार जनतालाई सुख दिनमा साँच्चै गम्भीर पो देखिन्छ त्यै भएर उसले एमसीसी बीआरआईको बहस चलाइरहेको पार्टी परिवारको, क्यापिटलिजम समाजवादकोे कुरा उठाइरहेको तर बीच्चबीच्चमा उखुका लाँक्रा लिएर एक हुल मानिस सरकारलाई बिनासित्तीमा बिथोल्न आएका छन् माइतीघरमा बसेर उखुकै गीत गाइरहेका छन् उखुबाट चिनी निस्कन्छ, सबैलाई थाहा भएको कुरा हो तर चिनी नै मधुमेहको प्रमुख कारण हो भन्ने कुरा किसानहरूले बुझिरहेका छैनन् फेरि धेरै नेता उद्योगीहरूलाई चिनीकै रोग पनि लागिसकेको यस्तोमा सरकारले कसको सुखको कामना गर्ने ? किसानको, उद्योगीको, कि आफ्नै ? उखु लगाउनुको सट्टा आलु, प्याज रोप्नु वा उखु नै लगाउने भए आफै सख्खर वा गुड बनाएर खानु, त्यसबाट पो तागत आउँछ अनि सुख प्राप्त हुन्छ काँ यो उखु लगाएर मिललाई त्यसबाट चिनी बनाउन लगाएर आफू पनि दुःखी, अरूलाई पनि दुःखी बनाएका होलान् किसानहरूले ! चिनी खान मन लागे सरकारले जति पनि आयात गरेर ल्याउन दिईहाल्थ्यो नि !

त्यसैले अंग्रेजहरूको यो नयाँ वर्षमा मैले केवल सुक्खा शुभकामना मात्र दिएँ ? यो वर्ष यसैमा दुःखसुख टार्नुहोला है !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्