ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महिला कलाकारको कला प्रदर्शनी

Mar 11, 2020  
विविध
NA

काठमाडौं (अस) । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा क्लासिक ग्यालरीले नेपाल आर्ट काउन्सिलमा महिला कलाकारहरूको कला प्रदर्शनी आयोजना गरेको छ । 

प्रदर्शनीमा राष्ट्रिय र अन्तरराष्ट्रिय गरी ५० महिला कलाकारका कलाकृति राखिएका छन् ।  ‘इन्फिनिट थट’ भन्ने थीमका साथ आइतवार शुरू भएको प्रदर्शनी शुक्रवारसम्म जारी रहने आयोजक क्लासिक ग्यालेरीले बताएको छ । प्रदर्शनीमा नेपाल, भारत, बांगलादेश, श्रीलंका, अमेरिका, स्पेन, ताइवान, उत्तर मेसेडोनिया गणतन्त्र, टर्की, बेल्जियम, पोल्यान्ड र हंगेरी गरी १२ राष्ट्रका कलाकारहरूको चित्रकला, मूर्तिकला, सेरामिक कला, प्रिन्ट कला र पर्फमेन्स कला राखिएका छन् । प्रदर्शनीमा हुने विक्रीबाट प्राप्त रकमको केही प्रतिशत रकम समाज र परिवारबाट अपहेलित महिला तथा बालिककाहरूको लागि सुनगाभा होम्समा हुने कार्यशालाका लागि सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्