ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थका चार महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर

Mar 11, 2020  
विविध
NA

काठमाडौं (अस) । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयका चार महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन् । बजेट तथा कार्यक्रम, आर्थिक नीति विश्लेषण, वित्तीय संघीयता समन्वय र राजस्व व्यवस्थापन महाशाखाका सहसचिवको जिम्मेवारी अर्थमन्त्री खतिवडाले हेरफेर गरेका हुन् । 

हेरफेरसँगै राजस्व व्यवस्थापन महाशाखामा रहेका धनीराम शर्मालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ भने बजेट महाशाखामा रहेका रामशरण पुडासैनीलाई राजस्व सचिवको जिम्मा दिइएको छ । शर्माको ठाउँमा आर्थिक नीति विश्लेषण महाशाखाका यज्ञप्रसाद ढुंगेललाई राजस्वको जिम्मा दिइएको हो ।

यस्तै ढुंगेलको ठाउँमा अन्तरसरकारी वित्त महाशाखामा रहेका रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ भने घिमिरेको ठाउँमा सहसचिव केदारप्रसाद पनेरुलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्