ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उत्तरी नाकामा रोकिएका सामान ल्याउन छलफल

Mar 11, 2020  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा बिस्तारै नियन्त्रण हुन थालेपछि नेपाल सरकारले नाकामा रोकिएका सामान ल्याउने तयारी थालेको छ ।

अर्थ तथा सञ्चार मन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरस रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा नाकामा रोकिएका सामग्रीलाई नेपाल ल्याउनेबारे पहल थाल्ने बताएका हुन् । यसबारे छलफल भइरहेको मन्त्री खतिवडाको भनाइ छ ।

कोरोना भाइरसका कारण चीनतर्फको नाका ठप्प हुँदा ५० अर्ब रुपैयाँभन्दा बढीको कन्टेनर सीमा नाकामा रोकिएका छन् । नेपाल सीमापार व्यवसायी संघका अनुसार चीनबाट आयात गरिएका १ हजारभन्दा बढी कन्टेनर अहिले नाकामा रोकिएका छन् ।

नेपालको दोस्रो ठूलो व्यापार साझेदार चीनबाट आयात हुने सामानको ठूलो अंश यी नाकाबाट नेपाल भित्रिने गरेको छ । उत्तरी नाका ठप्प हुँदा १ महीनाभन्दा बढी दिनदेखि यहाँबाट हुने आयात निर्यात ठप्प छ ।

उच्चस्तरीय समन्वय समितिले निजीक्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री खतिवडाले भने, ‘चीनतर्पm संक्रमण घट्दै गएको छ । त्यसैले रसुवागढी र तातोपानी नाकामा धेरै समयदेखि रोकिएका वस्तुहरू जाँच गरेर सुरक्षित छन् भने नेपाल ल्याइनेछ ।’ जोखिमरहित अवस्थामा व्यापारलाई सहज गर्नुपर्छ भन्ने विषयमा पनि सुझाव आएको उनले बताए । यसबारेमा सरकारका विभिन्न मन्त्रालयहरूसँग छलफल गरेर काम गर्ने अर्थमन्त्रीको भनाइ छ । छिट्टै विभिन्न मन्त्रालयबीच छलफल गरेर कदम चालिने खतिवडाले जानकारी दिए ।

कोरोना भाइरसको त्रासका कारण खाद्यान्न, इन्धन र औषधि अभाव हुन्छ कि भनेर नआत्तिन अर्थमन्त्रीले सबैलाई आग्रह गरेका छन् । औषधिलगायत अत्यावश्यक वस्तुको सहज उपलब्धताका लागि निजीक्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउन मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा उनले खाद्यान्न, औषधि र इन्धन पर्याप्त रहेको बताए । उनले सरकारसँग यतिबेला ६ महीनालाई पुग्ने खाद्यान्न, ३ महीनालाई पुग्ने इन्धन र ४ महीनासम्मलाई पुग्ने औषधि स्टक रहेको बताए ।

भारतले प्रतिबन्ध लगाएका औषधि बाहेक अन्य कुनै वस्तुको अभाव नभएको र भारतबाट आयात वन्द नभएको जानकारी उनले दिए । अत्यावश्यक वस्तुको सहज उपलब्धताका लागि निजीक्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने समेत उनले बताए ।

यसैबीच औषधि व्यवस्था विभागका सूचना अधिकृत सन्तोष केसीले भारतले १३ ओटा कच्चा पदार्थ र सोही कच्चा पदार्थबाट बन्ने १३ प्रकारका औषधि गरी 
हाललाई २६ थरीका औषधिहरूको निर्यात रोकेको भए पनि तर त्यसले नेपालमा खासै ठूलो असर नगर्ने बताए । औषधि व्यवस्था विभागले हाल नेपालका औषधि आयातकर्ता र उत्पादकहरूसँग औषधिको सहज आपूर्ति र अभाव हुन नदिनका लागि निरन्तर छलफल गरिरहेको पनि उनले बताए । 

अहिले सबैभन्दा बढी अभाव रहेको मास्क र स्यानिटाइजर पनि कृत्रिम अभाव मात्र भएको र यसलाई अब १ हप्ताभित्र नै सहज बनाइने दाबी उनले गरे । नियमित रूपमा औषधि सेवन गरिरहेका बिरामीहरूले आवश्यकभन्दा बढी मात्रामा औषधि किनेकाले अभाव हुन सक्छ , त्यसैले सकेसम्म आवश्यकभन्दा बढी खरीद नगर्नसमेत उनको आग्रह छ ।

यसैबीच नेपाल चेम्बर अफ कमर्शले (कोभिड १९) का सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान स्थितिबारे मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बजारमा औषधि, मास्क, स्यानिटाइजरलगायत सामग्रीहरूको सहज आपूर्तिको व्यवस्था गर्ने जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले उद्योगीहरूले नै मूल्य अभिवृद्धिकर बेहोर्ने गरी चाँडै नै उपभोक्ताहरूलाई सस्तो र सुलभ मूल्यमा मास्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिले प्रतिदिन नेपालमै १५ हजार थान मास्क उत्पादन भइरहेकाले यसलाई सहज वितरणका लागि आफूहरूले पहल थालिसकेको उनले बताए ।

तराईमा उत्पादित मास्क होलीका कारण वितरण हुन नसकेको र अबको २ दिनभित्रै पसल र जिल्ला चेम्बरका कार्यालयहरूबाट सहज उपलब्ध गराउने उनले बताएका छन् । कार्यक्रममा व्यवसायीहरूले बजारमा सबै सामग्रीहरू पर्याप्त मात्रामा रहेकाले हल्लाको पछि लागेर आपूmलाई चाहिनेभन्दा बढी सामान किनेर नराख्न आग्रह गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्