ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

न्यूबिज बिजनेश विमन समिट एन्ड एक्सिलेन्स अवार्ड मार्चमा

२०७६ पौष, १६  
बजार
Image Not Found

काठमाडौं । न्यू बिजनेश एज प्रालिले पहिलोपटक आगामी मार्चमा ‘न्यू बिज बिजनेश विमन समिट एन्ड एक्सिलेन्स अवार्ड–२०२०’ आयोजना गर्ने भएको छ कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट महिला उद्यमीहरू छनोट गरेर अवार्डसहित सम्मान गरिनेछ ।

कम्पनीले उक्त कार्यक्रमका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लाई एशोसियट पार्टनरका रूपमा चयन गरेको छ । उक्त कार्यक्रमको टाइटल स्पोन्सर स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हुनेछ । कम्पनीले यसका लागि उक्त बैंकसँग यसअघि नै सम्झौता गरिसकेको छ । साथै मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, विभिन्न जिल्ला च्याम्बरहरू, महिला उद्यमी महासंघ (एफविन), स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रूप (व्यञ्जन), प्रोग्रेसिभ फाइनान्स र रिलायबल इन्स्योरेन्सको सहयोग हुनेछ ।

एशोसियट पार्टनरका विषयमा मंगलवार कम्पनीका अध्यक्ष मदन लम्साल र महासंघका उपमहानिर्देशक मीना श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

 हस्ताक्षर कार्यक्रममा महासंघका महानिर्देशक तथा नेपाल सरकारका पूर्वसचिव धरणीधर खतिवडा र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेको पनि उपस्थिति थियो ।

सो कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकासहित देशका थप १० ठाउँमा महिला उद्यमीसँग समसामयिक विषयमा अन्तरक्रिया गरिनेछ । साथै, वित्तीय साक्षरताको विषयमा प्रशिक्षण कार्यक्रम पनि गरिने कम्पनीका अध्यक्ष मदन लम्सालको भनाइ छ ।

न्यू बिजनेश एजले विगत ६ वर्ष पहिलेदेखि वार्षिक रूपमा बेस्ट म्यानेज्ड कम्पनी अवार्ड र बेस्ट म्यानेज्ड बि–स्कूल अवार्ड कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले उक्त कार्यक्रममार्फत विभिन्न विधामा उत्कृष्ट कम्पनी र बिजनेश कलेजहरूलाई सम्मान गर्दै आएको छ

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट महिला उद्यमीहरू छनोट गरेर अवार्डसहित सम्मान गरिनेछ ।

कम्पनीले उक्त कार्यक्रमका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लाई एशोसियट पार्टनरका रूपमा चयन गरेको छ । उक्त कार्यक्रमको टाइटल स्पोन्सर स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हुनेछ । कम्पनीले यसका लागि उक्त बैंकसँग यसअघि नै सम्झौता गरिसकेको छ । साथै मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, विभिन्न जिल्ला महिला उद्यमी महासंघ (एफविन), स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रूप (व्यञ्जन), प्रोग्रेसिभ फाइनान्स र रिलायबल इन्स्योरेन्सको सहयोग हुनेछ ।

एशोसियट पार्टनरका विषयमा मंगलवार कम्पनीका अध्यक्ष मदन लम्साल र महासंघका उपमहानिर्देशक मीना श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

 हस्ताक्षर कार्यक्रममा महासंघका महानिर्देशक तथा नेपाल सरकारका पूर्वसचिव धरणीधर खतिवडा र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेको पनि उपस्थिति थियो ।

सो कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकासहित देशका थप १० ठाउँमा महिला उद्यमीसँग समसामयिक विषयमा अन्तरक्रिया गरिनेछ । साथै, वित्तीय साक्षरताको विषयमा प्रशिक्षण कार्यक्रम पनि गरिने कम्पनीका अध्यक्ष मदन लम्सालको भनाइ छ ।

न्यू बिजनेश एजले विगत ६ वर्ष पहिलेदेखि वार्षिक रूपमा बेस्ट म्यानेज्ड कम्पनी अवार्ड र बेस्ट म्यानेज्ड बि–स्कूल अवार्ड कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले उक्त कार्यक्रममार्फत विभिन्न विधामा उत्कृष्ट कम्पनी र बिजनेश कलेजहरूलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्