ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विराटनगरमा महिला उद्यमसम्बन्धी तालीम हुँदै

२०७६ पौष, २५  
बजार
Image Not Found

काठमाडौं । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा पुस २८ गते विराटनगरमा महिला उद्यमसम्बन्धी तालीम हुने भएको छ । मोरङ र सुनसरीका महिला उद्यमीलाई समेट्नेगरी व्यापार संघको सभाकक्षमा तालीम गर्न लागिएको हो ।

सातओटै प्रदेशका महिला उद्यमीलाई लक्षित गरी तालीम सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघ र न्यू बिजनेश एज प्रालिबीच भएको सम्झौताअनुसार ‘महिला उद्यमसम्बन्धी अन्तरर्क्रियात्मक तालीम’ आयोजना गर्न लागेको मोरङ व्यापार संघकी महिला उद्यम विकास समिति संयोजक मल्लिका रिजालले बताइन्

 तालीमअन्तर्गत महिला उद्यमीलाई वित्तीय साक्षरता, व्यवसाय सञ्चालन गर्ने प्रारम्भिक प्रक्रिया, सञ्चालन गर्दा देखापर्ने व्यावसायिक जटिलता तथा त्यसलाई निराकरण गर्ने उपाय र व्यवसायसँग सम्बन्धित विभिन्न निकायका बारेमा जानकारी दिइने बताइएको छ । तालीममा महिला उद्यमीले आ–आफ्ना व्यावसायिक जिज्ञासा राख्न सक्ने एवं त्यसको प्रत्यक्ष जानकारी लिन सक्ने व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

उक्त अन्तरक्रियात्मक तालीम यस वर्ष न्यू बिजनेश एजले आयोजना गर्ने ‘न्यूबिज बिजनेश वुमन एक्सेलेन्स अवार्ड २०२०’ अन्तर्गतको वुमन आन्त्रप्रेनर अवार्डको अंग हुने बताइएको छ । 

महिला उद्यमीको नाम छनोट गर्न गठित जुरी समितिलाई पनि तालीम सहयोगी बन्ने हुँदा विशेष महत्वका साथ उक्त  तालीम आयोजना गर्न लागेको मोरङ व्यापार संघले बताएको छ । व्यावसायिक क्षेत्रमा महिला सशक्तीकरणका लागि तालीमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ ।

उक्त तालीमको मुख्य प्रायोजकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल रहेको छ भने मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, विभिन्न जिल्ला च्याम्बरहरू, महिला उद्यमी महासंघ (एफविन), स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रूप (व्यञ्जन), प्रोग्रेसिभ फाइनान्स र रिलायबल इन्स्योरेन्सको सहयोग  रहेको छ ।

अन्तरक्रिया  तथा तालीमपछि ७ ओटै प्रदेशका महिला उद्यमीको सहभागितामा न्यू बिजनेश एज प्रालिले ‘न्यूबिज बिजनेश वुमन एक्सलेन्स अवार्ड २०२०’ को आयोजना गर्नेछ । जसमा ७ आटै प्रदेशका १ हजार भन्दा बढि महिला आन्त्रप्रेनरको सहभागिता हुनेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement