ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महिला वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया : ‘सहुलियतपूर्ण कर्जा सहज भएन’

२०७६ माघ, १४  
बजार
Image Not Found

धनगढी नेपाल राष्ट्र बैंकको ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा लिन सहज नभएको महिला उद्यमीहरूले बताएका छन्

सरकारले राम्रो कार्यक्रम ल्याए पनि लक्षित वर्गले सहज रूपमा ऋण पाउन नसकेको उनीहरूको गुनासो सोमवार न्यू बिजनेश एज प्रालि उद्योग वाणिज्य संघ, कैलालीको संयुक्त आयोजनामा धनगढीमा आयोजित महिला वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रियामा उनीहरूले यस्तो गुनासो गरेका हुन्  

बैंकहरूले सहज रूपमा ऋण उपलब्ध गराउने हो भने सुुदूरपश्चिमका महिला उद्यमी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमी हिरा बोहरा भण्डारीको भनाइ यसका लागि सम्बन्धित निकायले सहयोग गर्नुपर्ने उनले बताइन्  

राष्ट्र बैंकले महिला उद्यमीसहित विभिन्न शीर्षकमा कर्जा दिने कार्यक्रम गत वर्षदेखि नै कार्यान्वयनमा ल्याएको उक्त नीतिअनुसार वाणिज्य बैंकले आफ्नो आधारदरमा प्रतिशत प्रिमियम जोडेर ऋणीबाट ब्याज लिन सक्नेछन् , त्यस्ता कर्जामा सरकारले महिला उद्यमी कर्जामा प्रतिशत अन्य कर्जामा प्रतिशत ब्याज अनुदान दिने व्यवस्था महिला उद्यमीले बैंकबाट विनाधितो रू. १५ लाखसम्म कर्जा पाउने सक्ने प्रावधान यो कार्यक्रममा  

राष्ट्र बैंक, धनगढीका निर्देशक निश्चल अधिकारीले सहुलियतपूर्ण कर्जा कार्यक्रमसम्बन्धी स्वयं महिला नै अनभिज्ञ देखिएको बताए महिला उद्यमीलाई लक्षित गरेर यस्तो कार्यक्रम ल्याएका हौं तर, उहाँहरू नै यो विषयमा जानकार देखिनु भएन,’ उनले भने, ‘यद्यपि, महिलाले यस्तो कर्जा पाउन नसकेको समस्यामा हाम्रो ध्यान पुगेको यस्तो कर्जा पाउन नसकेकालाई थप सहयोग गर्न राष्ट्र बैंक तयार ’ 

यस्तै, कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता बढाउन राष्ट्र बैंक तथा बैंकहरूले जोड दिनुपर्ने बताए सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अत्यन्त कम भएको बताउँदै उनले राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाले यस क्षेत्रमा थप कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरे यस्तै सहुलियतपूर्ण कर्जाबारे आफैं अनभिज्ञ रहेको बताउँदै उनले सुदूरपश्चिममा वित्तीय साक्षरता बढाउने कार्यक्रम ल्याउन आग्रह गरे  तर, बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्मराज विष्ट भने पछिल्लो समय महिला उद्यमीमाथि कर्जा प्रवाह बढ्दै गएको बताए अन्तरक्रियामा कैलाली भन्सार प्रमुख, आन्तरिक राजस्व कार्यालयका प्रमुख, घरेलु तथा साना उद्योग कार्यालय धनगढीका प्रमुख नवराज भट्टलगायत करीब २०० जनाभन्दा बढी महिला उद्यमी बैंक तथा बीमा कम्पनीका प्रतिनिधि सहभागी थिए  

यसअघि बेस्ट म्यानेज्ड कम्पनी अवार्ड बेस्ट म्यानेज्ड बीस्कूल अवार्ड कार्यक्रम गर्दै आएको न्यू बिजनेश एजले पहिलोपटक आगामी मार्चमान्यू बिज बिजनेश वुमन समिट एन्ड एक्सिलेन्स अवार्ड२०२०आयोजना गर्दैछ

त्यसैका लागि न्यू बिजनेश एजले काठमाडौंबाहिर विभिन्न ठाउँमा महिला उद्यमीसँग वित्तीय साक्षारता विषयमा अन्तरक्रिया गर्दै आएको देशका मुख्य १० शहरमा आयोजना गर्ने लक्ष्यसहित विर्तामोडबाट शुरू भएको अन्तरक्रिया कार्यक्रम अब पोखरा, बुटवल सुर्खेतमा आयोजना गरिनेछ  

सातै प्रदेशका हजारभन्दा बढी महिला उद्यमीबाट छनोट गरी अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा ओटा  विधामा अवार्ड प्रदान गर्ने कम्पनीको तयारी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल प्रायोजक रहेको कार्यक्रममा मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला उद्योग वाणिज्य संघहरू, महिला उद्यमी महासंघ, स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रूप (व्यञ्जन), प्रोग्रेशिभ फाइनान्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स जनरल इन्स्योरेन्सको सहकार्य

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्