ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया : महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारकै

२०७६ माघ, १६  
बजार
Image Not Found

सुर्खेत कर्णालीमा महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा समस्या रहेको महिला उद्यमीहरूले बताएका छन् न्यू बिजनेश एज प्रालि सुर्खेत उद्योग वाणिज्य संघले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रियामा सहभागी महिला उद्यमीले महिलाले सानो लगानीमा उत्पादन गरेका वस्तुको बजारीकरणमा समेत अनेक समस्या आउने गरेको बताएका हुन्

महिला उद्यमी कृष्णा वंशीमगरले स्थानीय उत्पादनको उपभोगमा जोड दिने हो भने स्थानीय महिलाको उद्यमशीलता प्रवद्र्धनमा मद्दत पुग्ने बताइन् उनले कर्णालीमा उत्पादित वस्तुको बजार सुनिश्चित हुन सके उत्पादन लागत समेत घटाउन सकिने बताइन् स्थानीय, प्रदेश संघीय सरकारले बजार प्रवद्र्धनका लागि विशेष योजना ल्याउनुपर्ने उनको भनाइ  

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले महिला उद्यमीको क्षमता विकाससँगै बजार सुनिश्चितताका लागि प्रदेश सरकारले छिट्टै कानून बनाएर उद्योगमैत्री वातावरण बनाउन लागेको जानकारी दिए प्रदेशका १० ओटै जिल्लामाकोसेली गृहनिर्माण गरेर स्थानीय उत्पादनको बजार सुनिश्चित गर्ने उनको भनाइ  

कार्यक्रममा महिला उद्यमी मीना गैरेले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन प्रक्रियागत झमेला हुने गरेको बताइन् उनले महिला उद्यमशीलता विकासका लागि सरकारले विनाधितो सहुलियत दरमा कर्जा दिने नीति लिए पनि उद्यमीले सहज रूपमा कर्जा नपाएको गुनासो गरिन् सामूहिक जमानीमा दिइने कर्जाको प्रक्रिया अन्त्यन्तै झन्झटिलो भएकाले लक्षित उद्देश्य पूरा हुन सकेको छैन,’ उनले भनिन्  

कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नायब सुब्बा प्रयागराज शर्माले महिलाको नाममा उद्योग दर्ता भए पनि सञ्चालनमा पुरुष नै अग्रसर हुने गरेको बताए उद्योगमा महिलाको सहभागिता नहुँदा उद्यमशीलताको विकास हुन नसकेको उनको भनाइ  

सुर्खेत उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गणेश बस्नेतले महिला उद्यमशीलता विकासका लागि संघ सधैँ प्रत्यनशील रहेको वताए संघले महिला उद्यमशीलता विकासका लागि विभिन्न समयमा शीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले थपे महिलालाई शीपमुलक उद्यमबारे तालीम दिएर दक्ष बनाउन राज्यसँग समेत सहकार्य गरिने उनको भनाइ  

त्यस्तै उद्यमी कौशिला थापामगरले पनि ऋण लिन समस्या हुने गरेको गुनासो गरिन् सहुलियतमा ऋण दिने भनिए पनि वाणिज्य बैंकले नै प्रक्रियाको बहानामा झुलाउने गरेको उनको भनाइ यस्तै हिमा उपाध्याय कृषि उद्यमी सावित्री योगीले कर कार्यालयले कर उठाउने तर करबारे प्रवद्र्धन कार्यक्रम नगर्ने हुँदा महिला उद्यमीलाई समस्या हुने गरेको बताइन्  

कार्यक्रममा मुक्तिनाथ विकास बैंक, सुर्खेतका डेस्क प्रमुख रामशंकर सुवेदीले प्रक्रिया पूरा गरेर आउने उद्यमीलाई ऋण दिन कुनै समस्या नहुने जिकिर गरे त्यस्तै आन्तरिक राजस्व कार्यालय, सुर्खेतका कर अधिकृत दमनध्वज क्षेत्रीले व्यवसायी संघसंस्थाको समन्वयमा कर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।न्यू बिजनेश एजले प्रकाशन गर्ने आर्थिक अभियान दैनिकका प्रमुख सम्वाददाता टीपी भुसाल कम्पनीका बजार प्रबन्धक बालसिंह पोखरेलले अन्तरक्रियाको सहजीकरण गरेका थिए  आगामी चैतमा आयोजना हुने महिला उद्यमी अवार्डलाई लक्षित गरी न्यू बिजनेस एजले नेपाल उद्योग वाणिज्य संघको सहकार्यमा देशका १० मुख्य शहरमा अन्तरक्रिया गरिरहेको बिर्तामोडबाट शुरू भएको अन्तरक्रिया कार्यक्रम अब पोखरा बुटवल आयोजना गरिनेछ  

यसअघि बेस्ट म्यानेज्ड कम्पनी अवार्ड बेस्ट म्यानेज्ड बीस्कूल अवार्ड कार्यक्रम गरेको न्यू बिजनेश एजले पहिलोपटक आगामी मार्चमान्यू बिज बिजनेश वुमन समिट एन्ड एक्सिलेन्स अवार्ड२०२०आयोजना गर्दैछ

सातै प्रदेशका हजारभन्दा बढी महिला उद्यमीबाट छनोट गरी अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा ओटा  विधामा अवार्ड प्रदान गर्ने कम्पनीको तयारी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल प्रायोजक रहेको कार्यक्रममा मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला उद्योग वाणिज्य संघहरू, नेपाल राष्ट्र बैंक, महिला उद्यमी महासंघ, स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रूप (व्यञ्जन), प्रोग्रेशिभ फाइनान्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स जनरल इन्स्योरेन्स कम्पनीको सहकार्य  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्