ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पोखरामा वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया : प्रशासनिक झमेलाले सहुलियतपूर्ण कर्जामा कठिनाइ

२०७६ माघ, २६  
बजार
Image Not Found

कास्की विभिन्न प्रशासनिक झमेलाका कारण सहुलियतपूर्ण कर्जा लिन नपाएको गुनासो गण्डकी प्रदेशका महिला उद्यमीहरूले गरेका छन् महिलाहरूले सञ्चालन गरेको साना तथा मझौला उद्योगीलाई उक्त कर्जा लिन कठिनाइ भएको उनीहरूको भनाइ  

न्यू बिजनेश एज प्रालि पोखरा उद्योग वाणिज्य संघले शुक्रवार पोखरामा आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रियामा सहभागी महिला उद्यमीले यस्तो गुनासो गरेका हुन्  

गण्डकी प्रदेशकी महिला उद्यमी एकाइकी संयोजक रामकली खड्काले महिलाहरूले सञ्चालन गरेका साना तथा मझौला उद्योगलाई राज्यले अव्यावहारिक अस्पष्ट नीतिले हेरेको बताइन् महिला उद्यमीहरूले सञ्चालन गरेको व्यवसायलाई मूल्यअभिवृद्धि कर (भ्याट)मा दर्ता गराउने बाध्यकारी व्यवस्थाले महिला उद्यमी समस्यामा परेको उनको भनाइ साना तथा ठूला उद्यमीहरूसँगको समन्वयमा नीति निर्माण गरी व्यवसायीमैत्री वातावरण बनाउन उनले सरकारलाई सुझाव दिएकी छिन्  

यस्तै महिला उद्यमी माया बरालले राज्यले महिला उद्यमीहरूले सञ्चालनमा ल्याएका उद्योग व्यावसायको अवस्था व्यवस्थापन लगायतलाई मूल्यांकन गरेर विनाधितो सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरिन् एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए पनि उद्योग व्यवसाय धितोमा रहेको त्यस सम्पत्तिको बजारमूल्यलाई मूल्यांकन गरी महिला उद्यमीलाई बैंकबाट थप सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने उनको भनाइ  

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष विन्दु कोइराला सुवेदीले महिलालाई अवसरसँगै सहयोगको आवश्यकता रहेको बताइन् त्यस्तै, उनले वित्तीय साक्षरताको ज्ञानबाट महिलाहरूलाई हिसाबकिताब चुस्त राख्न सहज हुने धारणा व्यक्त गरिन्  

यस्तै गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले महिलाहरूले खल्तीसँगै क्षमतालाई पनि बलियो बनाएर उद्यमशीलताको बाटोमा लाग्नुपर्नेमा जोड दिइन् यसअघि महिलाहरूलाई राजनीतिक दलहरूले पनि भीड बढाउन मात्रै उपयोग गरेको अवसर नदिएको आरोप उनले लगाएकी छिन् यद्यपि संघीयता लागू भएपछि राजनीतिमा महिलाको पहुँच बढेकोमा भने खुशी व्यक्त गरिन् स्थानीय स्तरका उत्पादनलाई बजारीकरण गर्नेगरी उत्पादनमा लाग्नुपर्नेमा उनको जोड  

कार्यक्रममा महिला उद्यमी एवं पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन प्रक्रियागत झन्झट भएको बताइन् महिला उद्यमशीलता विकासका लागि सरकारले विनाधितो सहुलियत दरमा कर्जा दिने नीति लिए पनि उद्यमीले सहज रूपमा कर्जा नपाएको गुनासो उनको झन्झटिलो प्रक्रियाकै कारण सामूहिक जमानीमा दिइने कर्जाले लक्षित उद्देश्य पूरा हुन सकेको दाबी उनले गरिन्  

कार्यक्रममा न्यू बिजनेश एजका अध्यक्ष मदन लम्सालले महिलाहरूले वित्तीय क्षेत्रको सामान्य जानकारी समेत नपाएको बताए आवश्यक जानकारीको अभावमा राज्यले प्रदान गर्ने सुविधाबाट उनीहरू वञ्चित हुनुपरेको धारणा लम्सालले व्यक्त गरे सहुलियतपूर्ण कर्जा प्रवाहमा बैंकहरूले विभिन्न बहाना बनाएर ढिलाइ गरिरहेको गुनासो सुनेका स्टान्डर्ड चार्टर्ड बैंकका पोखरा शाखा प्रमुख भीम ढुंगानाले प्रक्रिया पूरा गरेर आउने उद्यमीलाई कर्जा दिन कुनै समस्या नभएको जिकिर गरे सरकारले तोकेको सहुलियतपूर्ण कर्जा राष्ट्र बैंकको नीतिनियम अनुसार नै प्रवाह गर्दै आएको उनले बताए  

त्यस्तै आन्तरिक राजस्व कार्यालय, पोखराका कर अधिकृत ऋषिराम पोखरेलले व्यवसायी संघसंस्थाको समन्वयमा प्रत्येक महीनाको १५ ३० गते कर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए महिलाले गरेको उद्यमलाई राज्यले करमा ठूलो छूट नदिएको बताउँदै उनले १०० जना भन्दा बढीलाई रोजगार दिलाएको उद्योगलाई भने १० प्रतिशत कर छूटको व्यवस्था गरिएको बताए

यस्तै राष्ट्र बैंक पोखरा शाखाका अनुसन्धान अधिकृत आशबहादुर थापाले सरकारले महिलालाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको ब्याज प्रतिशत भएको जानकारी दिए

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य एवं महिला उद्यमी विकास उपसमिति संयोजक मुना बास्तोला, महिला उद्यमीहरू सान्त्वना पराजुली, जमुना पराजुली, सीता रानाभाट, ज्ञानु कुँवर, सीता गुरुङलगायतले महिला उद्यमशीलता तथा व्यवसायीहरूमाथि परेका विभिन्न समस्याबारे चर्चा गरेका थिए ।सो अवसरमा पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६६औं वार्षिकोत्सवको उपलक्ष्यमा महिला उद्यमी सीता गुरुङलाई नगद रू. १० हजारसहित सम्मान गरेको उनलाई संघअन्तर्गतको महिला उद्यमी उपसमितिको पहलमापोखरा उद्योग वाणिज्य संघ, सफल महिला उद्यमी सम्मान२०७६प्रदान गरिएको हो गुरुङ स्थानीय स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका हुन्  

न्यू बिजनेश एजले प्रकाशन गर्ने आर्थिक अभियान दैनिकका प्रमुख संवाददाता टिपी भुसाल कम्पनीका बजार प्रबन्धक बालसिंह पोखरेलले अन्तरक्रियाको सहजीकरण गरेका थिए आगामी चैतमा आयोजना हुने महिला उद्यमी अवार्डलाई लक्षित गरी न्यू बिजनेश एजले नेपाल उद्योग वाणिज्य संघको सहकार्यमा देशका १० मुख्य शहरमा आयोजना गर्नेगरी शुरू गरेको अन्तरक्रिया कार्यक्रम विर्तामोडबाट शुरू भई पोखरा पुगेर टुंगिएको  

न्यूबिज बिजनेश कन्क्लेभ एन्ड अवार्ड, न्यूबिज वीस्कूल्स रेटिङ र्याङ्किङ एन्ड अवार्डजस्ता कार्यक्रम गर्दै आएको न्यू बिजनेश एजले पहिलोपटक आगामी मार्चमान्यूबिज बिजनेश वुमन समिट एन्ड एक्सिलेन्स अवार्ड२०२०आयोजना गर्दै सातै प्रदेशका हजारभन्दा बढी महिला उद्यमीबाट छनोट गरी अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा ओटा विधामा अवार्ड प्रदान गर्ने कम्पनीको तयारी  

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल प्रायोजक रहेको कार्यक्रममा मुक्तिनाथ विकास बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला उद्योग वाणिज्य संघहरू, नेपाल राष्ट्र बैंक, महिला उद्यमी महासंघ, स्टार हस्पिटल, सीताराम गोकुल मिल्क्स, निम्बस ग्रूप (व्यञ्जन), प्रोग्रेशिभ फाइनान्स, रिलायबल लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी अग्नि ग्रूपको सहकार्य  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्