ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कस्तो मास्क बेचिँदै छ ?

२०७६ फागुन, ३०  
पाठक विचार
NA

कोरोनाको त्रास बढेसँगै बजारमा मास्कको माग निकै बढ्दा यसको अभाव र कालो बजारीसमेत शुरू भएको छ । यस्तोमा केही व्यवसायीले मास्क उत्पादन गर्न थालेका छन् । अभावको अवसरमा नयाँ कामको शुरू हुनु स्वाभाविकै हो । तर, अहिले नेपालीले बनाएका मास्कको गुणस्तरबारे भने सरकारले कुनै चासो दिएको छैन । 

विभिन्न संस्था र व्यक्तिले मास्क बनाउन थालेका छन् । ससाना व्यवसाय गर्दै आएका तथा कपडा सिलाइ गरी व्यवसाय गर्नेहरूले पनि मास्क बनाउन थालेका छन् । सर्जिकल मास्कजस्तै देखिने यी मास्क बजारमा अहिले छ्यापछ्याप्ती भेटिन थालेका हुन् । यस्ता मास्कहरू हेर्दा उस्तै देखिए पनि गुणस्तर भने सर्जिकल मास्कको जस्तो हुँदैन । 

कपडाको मास्कले कोरोनाको संक्रमणबाट बच्न सकिँदैन । यसका लागि सर्जिकल मास्क आवश्यक हुन्छ । स्वीकृतिप्राप्त कम्पनी तथा व्यक्तिले मात्रै यस्तो मास्क बनाउन पाउँछन् । त र बजारमा अहिले उपभोक्ता झुक्किने गरी कमगुणस्तरका मास्क विक्री हुन थालेको छ । यो जनस्वास्थ्यका दृष्टिले उपयुक्त होइन । झोला बनाउने व्यवसायीहरूले मास्क बनाउन थालेका छन् । सिलाइकटाइ गर्दै आएका महिलाहरूले पनि मास्क बनाउन थालेका छन् । प्रशंसा पनि पाइने, बजारमा मूल्य पनि पाइने भएकाले यस्तो मास्क बनाउन व्यवसायीहरू तँछाडमछाड गरिरहेका छन् । काठमाडौंको धूलो धूवाँबाट बच्न यस्तो मास्क ठीकै भए पनि कीटाणु रोक्न भने उपयोगी हुँदैनन् ।

सर्जिकल मास्क र अहिले नेपालमा जथाभावी उत्पादन गरिएका मास्क झट्ट हेर्दा उस्तै देखिन्छन् । जनचेतना कम भएको मुलुकमा देखासिकी गरेर मास्क लगाउँदैमा कीटाणुको संक्रमण रोक्न सकिँदैन । अझ मास्क प्रयोग गर्ने तरीका झनै अस्वस्थकर छ । त्यस्तो मास्कको रोगको संक्रमण कम गर्नभन्दा फैलाउन सक्ने सम्भावना पनि हुन्छ । त्यसो हुँदा गुणस्तरविहीन मास्कको उत्पादन रोक्नुपर्छ । साथै मास्कको सुरक्षित प्रयोग गर्ने तरीकाबारे पनि जनतालाई सूचित गरिनुपर्छ ।

अभय महर्जन, नयाँ बजार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्