ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल श्रम आप्रवासन प्रतिवेदन सार्वजनिक

२०७६ फागुन, ३०  
विविध
NA


काठमाडौं । सरकारले श्रम आप्रवासनको विविध आयामलाई समेटेर ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा मन्त्री रामेश्वर राय यादवले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् । 

मुख्यतः पाँच भागमा छुट्याइएको प्रतिवेदनमा श्रम आप्रवासन अवस्थाको सिंहावलोकन, वैदेशिक रोजगार संक्षिप्त परिचय, नेपालमा श्रम आप्रवासनको सुशासन, क्षेत्रगत मुद्दाहरु र सुधारका क्षेत्रलाई विस्तृतमा अध्ययन गरिएको छ । 

प्रतिवेदनले श्रम आप्रवासनका क्षेत्रमा राष्ट्रिय, द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी तहमा नेपालले शुरूआत गरेको सुधारका प्रयासलाई समेटिएको छ । तथ्यमा आधारित नीति निर्माणको महŒवलाई प्राथमिकता दिँदै प्रतिवेदनले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका आधारमा नेपालको श्रम आप्रवासनको प्रवृत्तिको विस्तृतमा विश्लेषण गरिएको छ । प्रतिवेदनले श्रम आप्रवासनको सम्भावना तथा चुनौतीलगागत विभिन्न पक्षमा बृहत् जानकारी प्रस्तुत गरेको छ । श्रम आप्रवासनका क्षेत्रमा गर्नुपर्ने सुधारको सम्बन्धमा प्रतिवेदनले सुझावसमेत दिएको छ । सरकारका विभिन्न निकायको उपलब्ध तथ्यांक र श्रम आप्रवासनको विभिन्न सुुधार प्रयासको विस्तृत समीक्षाको आधारमा प्रतिवेदन तयार गरिएको मन्त्रालयले बताएको छ । सो अवसरमा मन्त्री यादवले प्रतिवेदनले दिएको सुझावले श्रम आप्रवासन क्षेत्रमा भावी योजना बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्