ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोटेश्वर–कलंकी सडकमा १ वर्षपछि ट्राफिक नियम

२०७६ चैत, ३  
विविध
NA


काठमाडौं (अस) । आठ लेनको कंलकी–कोटेश्वर सडक हस्तान्तरण भएको १ वर्षपछि ट्राफिक नियम लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतवार औपचारिक रूपमा विभिन्न प्रकारका सवारीसाधनहरूले कुन लेन प्रयोग गर्ने भन्ने विषयमा जानकारी गराएको छ । 

महाशाखाले कोटेश्वर–कलंकीको १० किलोमिटर सडकखण्डमा सवारी साधनका लागि बायाँ र दायाँ लेन छुट्ट्याएको हो । अब यो नियमअनुसार मालवाहक, यात्रुवाहक र मन्द गतिमा चल्ने सवारीसाधनले बायाँ लेनको प्रयोग गर्नुपर्ने र अन्य सवारीसाधनले भने दायाँ लेन प्रयोग गर्नुपर्नेछ । मुख्य ८ लेनको उक्त सडकमा दायाँ बायाँ गरी दुई÷दुई लेन गरी १० लेनको सडक रहेको छ । पर्याप्त मात्रामा पूर्वाधार नबन्दा दुर्घटना बढी भइरहेको समस्याबीच ट्राफिक नियम लागू गरिएको छ । माघ २०७५ मा चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको सो सडकखण्डमा मासिक ८० देखि ८५ संख्यामा दुर्घटना हुँदै आएको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए । यो दुर्घटना कम गराउन, लेन अनुशासन पालना गराउन सवारीअनुसार लेन प्रयोग कार्यान्वयनमा ल्याएको उनले बताए ।

महाशाखाले यसअघि कोटेश्वर–सूर्यविनायक सडकखण्डमा पनि यात्रुवाहक र मालवाहक सवारीसाधनको लागि बायाँ लेन कार्यान्वयनमा ल्याइसकेको छ । रू. ५ अर्बमा सम्पन्न गरिएको कोटेश्वर–कलंकी खण्डपछि अहिले चीन सरकारकै सहयोग दोस्रो चरणको चक्रपथ कलंकी–चाबहिल (धोवीखोला) खण्डको ११ किलोमिटर सडक पनि विस्तारको प्रक्रियामा रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्