ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चोभारमा सबस्टेशन निर्माण गर्न सहमति

२०७६ चैत, ३  
विविध
NA

काठमाडौं । दुई दशकअघि शुरू भए पनि हालसम्म सम्पन्न हुन नसकेको चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माण सम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आइतवार छलफल भएको छ । 

ललितपुरको खोकना र चापागाउँवासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सबस्टेशन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुरमा विद्युत् पुर्‍याउने योजना अघि सारेको हो । सबस्टेशन निर्माणका लागि आवश्यक जमीन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन । उद्योग मन्त्रालयले सबस्टेशन निर्माणका लागि चोभारमा आवश्यक जमीन उपलब्ध गराउने भएको छ । छलफलमा उद्योगमन्त्री लेखराज भट्टले सबस्टेशनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । सो स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमीन सुक्खा बन्दरगाह निर्माणका लागि उपलब्ध गराएको थियो । उद्योग मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ । सबस्टेशन निर्माणका लागि कति जमीन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्ययन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिशमा काम अघि बढाउने सहमति भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्