arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकी सहयोगको अर्थहीन विरोध

२०७६ पौष, ११  
पाठक विचार
NA


अमेरिकाबाट लिन एमसीसी सहयोगको पक्ष र विपक्षमा निकै चर्का कुरा हुने गरेका छन् । विगतमा अरुण तेस्रो, पञ्चेश्वर आदि योजनामा पनि यस्तै चको बहस हुने गरेको थियो । तर, त्यस्तो बहसले नेपाललाई फाइदा पुर्‍याएन । सन्धि भए पनि लागू भएन कि त सन्धि नै भएन । दुवै अवस्थामा नेपालका लागि हात शून्य । अहिले एमसीसीको विवाद पनि यस्तै हो कि जस्तो देखिन्छ । 

गरीब देशमा राष्ट्रियताको चर्को नारा लाग्छ, यस्तो नारा खुब बिक्छ पनि । आफ्नो वास्तविकता नबुझी लहैलहैमा लाग्नु यस्ता मुलुकको चरित्र नै हो । नेपाल पनि यस्तै राष्ट्रमा पर्छ । त्यही भएर विकासको योजना बनाउनभन्दा राष्ट्रियताका कुरा बढी हुन्छ । जनतालाई यस्तै कुरा गरेर उल्लू बनाइन्छ । 

विकासोन्मुख देशहरूलाई अनुदानमार्फत आर्थिक विकास एवम् गरीबी न्यूनीकरणका लागि सहायता प्रदान गर्न अमेरिकी सहयोगमा पनि यस्तै भएको छ । संसद्को अधिवेशनबाट सम्झौता अनुमोदन नभए परियोजना अघि बढाउन मुश्किल हुन्छ । विगतमा नेपाल सरकारले यसलाई आवश्यक देखेर नै अमेरिकासँग सम्झौता गरेको हो । अब सम्झौताबाट पछि हट्ने हो भने अनुदान सहयोग त आउँदैन नै साथै देशको कूटनीतिमा समेत धब्बा लाग्नेछ ।। 

एमसीसीसँग भएको सम्झौताको आलोचना गरिरहेकाहरू एमसीसीको सम्बन्ध इन्डो प्यासिफिक रणनीतिसँग रहेको दाबी गर्छन् । चीनको ‘बेल्ट एन्ड रोड पहल’मा सामेल हुन हुन्छ भने यसमा सामेल हुन केको आपत्ति ? त्यसो त सत्तारूढ नेकपाभित्रै पनि एमसीसीलाई लिएर मतान्तर छ । दलभित्रको राजनीति र दलहरूका राजनीतिमा विकासका एजेन्डा विवादित हुन साह्रै नराम्रो हो । त्यसैले एमसीसी वा अन्य कुनै पनि देश वा समूहसँग नेपालले आफ्नो विकासको एजेन्डा पूरा गर्न सहयोग लिन हिचकिचाउनु हुँदैन । 

रामेश्वर कार्की
कुमारीगाल, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्