ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभावकारी बन्दै मोबाइल एप

२०७६ चैत, ४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको ‘सीआटी’ मोबाइल एप प्रभावकारी बन्दै गएको छ । कोषले सञ्चालन गर्ने कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोष, निजामती कर्मचारी सावधिक जीवन बीमा, शिक्षक सावधिक जीवन बीमा, नेपाल प्रहरी सावधिक जीवन बीमा, नेपाली सेना सावधिक जीवन बीमा, सशस्त्र प्रहरी सावधिक जीवन बीमा, नार्क सावधिक जीवन बीमा अन्तर्गत जम्मा भएको रकमको स्टेटमेन्ट र कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोष अन्तर्गत ८० प्रतिशत ऋण सापटी तथा बचत रकमको स्टेटमेन्ट सीआईटी मोबाइल एपमार्फत हेर्न सकिन्छ । कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोष र सबै बीमा कोषका बचतकर्ताले कोषको उक्त सेवा लिन सक्छन् । 

यसरी लिन सकिन्छ मोबाइल एपको सुविधा
एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइलमा गुगल प्ले स्टोरबाट यो एप डाउनलोड गर्नुपर्छ । मोबाइलमा इन्टरनेट कनेक्शन भएपछि यो एपको रजिस्टर बटनमा गई ग्राहकको नाम, एनएलके नम्बर, मोबाइल नम्बर, कार्यालयको नाम र योजनाको नाम भर्नुपर्छ । यसपछि रिक्वेस्ट भेरीफाई गरेपछि मोबाइलमा पिन कोडसहितको एसएमएस आउँछ । त्यसपछि ग्राहकले मोबाइल नम्बर र पिन कोडले लगइन गरी अवकाश कोषको बचत र ऋण सापटीको स्टेटमेन्ट तथा बीमा कोषको स्टेटमेन्ट हेर्न सक्छन् । सीआईटी एसएमएस सर्भिस प्रयोगकर्ताले एसएमएस सर्भिसकै पिन प्रयोग गरी मोबाइल एपमा लगइन गरी सुविधा लिन सक्नेछन् ।a

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्