ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आज ३०औं वार्षिकोत्सव

२०७६ चैत, ४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

काठमाडौं (अस) । नागरिक लगानी कोष (सीआईटी) ऐन, २०४७ अनुसार स्थापित कोष आज (मंगलवार) ३०औं वर्षमा प्रवेश गर्दै छ । उक्त वार्षिकोत्सवको पूर्वसन्ध्यामा कोषले विभिन्न कार्यक्रम आयोजना गरेको छ, जसअन्तर्गत फागुन २९ गते शुक्रवार रक्तदान कार्यक्रम समेत गरिएको थियो । 

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषले प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रमको शुभारम्भ कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका थिए । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, विभागीय प्रमुखहरू  शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे लगायतको उपस्थिति थियो । 

कोषले आन्तरिक रूपमा कर्मचारीमाझ ब्याडमिन्टन, म्युजिकल चेयर, टेबुुल टेनिस, फुटसल प्रतियोगिता आयोजना गरेको थियो । यस वर्ष कोरोना (कोभिड–१९) भाइरसको सम्भाव्य प्रकोपलाई दृष्टिगत गरी सभा समारोह नगर्न सरकारले अनुरोध गरेकाले वार्षिकोत्सव विशेष समारोह आयोजना नगरिने कोषले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्