ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन स्थगित

२०७६ चैत, ५  
विविध
NA


काठमाडौं (अस) । नेपाल घरेलु तथा साना उद्योग महासंघले चैत १४, १५ र १६ मा राजधानीमा गर्ने भनेको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ । कोरोना भाइरसका कारण प्रतिकूल अवस्था आएकाले सजगता अपनाउन कार्यक्रम स्थगित गरिएको महासंघले बताएको छ । सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आह्वान गरेको बताउँदै महासंघले उक्त महाधिवेशन स्थगित गरेको हो । राष्ट्रिय महाधिवेशनसँगै सबै प्रदेश र जिल्लाका औद्योगिक प्रदर्शनी पनि स्थगित गरिएको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।

कोरोना भाइरसका कारणले औद्योगिक क्षेत्रमा असर परेको बताउँदै महासंघले राहत प्याकेज उपलब्ध गराउन पनि सरकारसँग अनुरोध गरेको छ । कोरोना संक्रमण अवधिमा बैंकको ब्याज तथा हर्जना छुट हुनुपर्ने तथा चैत मसान्तसम्म बुझाउनु पर्ने आयकरको किस्ता बुझाउने म्याद अर्को ३ महिनाका लागि थप गर्नुपर्ने माग महासंघको छ । उद्योग नवीकरण गर्ने म्याद हाललाई कम्तीमा ६ महीना थप गरी नवीकरण शुल्क मिनाहा गरिनुपर्ने, वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशी उद्योगमा प्रतिस्थापन गर्न वा नयाँ उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्न उचित सीप विकास तालीम प्रदान गर्नुपर्ने महासंघको माग छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्