ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बुढीगण्डकी परियोजनाको औचित्य

२०७६ चैत, ५  
१० वर्ष अघि
NA


प्रस्तावित बुढीगण्डकी परियोजना गण्डक बेसिनमा रहेको बुढीगण्डकी नदीमा बनाइने हो । यस आयोजनाबारे सन् १९८४ मा गरिएको सम्भाव्यता अध्ययनलाई हाल अद्यावधिक गरिए पनि आधारभूत कुराहरू उस्तै छन् । मानिसहरूको बस्ती, बजारको विकास, खेतीयोग्य जमिनको विस्तारचाहिँ ठूलै फरक भएको छ । १९८४ देखि हालसम्म भएका परिवर्तनका कारण प्रस्तावित परियोजना बनाउँदा हजारौं घरपरिवार विस्थापित हुन्छन् । यस्तो विस्थापनले उत्पन्न हुने आर्थिक र सामाजिक समस्याको असर व्यापक हुन्छ । त्यस्ता असरहरू कतिपय अवस्थामा मूल्यसँग तुलना गर्न नसकिने पनि हुन्छन्, त्यसबेला परियोजनाको अस्तित्वमै प्रश्न चिन्ह लाग्छ । 

धादिङ जिल्लाको बेनीघाटभन्दा २ किलोमिटरमाथि यसका ड्यामसाइट छ । यो ड्यामको कारण करिब १ लाख रोपनी जग्गा डुबानमा पर्छ । यो परियोजना ६०० मेगावाट क्षमताको हुन्छ । प्रस्तावित गण्डक परियोजनाको निर्माण भएपछि यो परियोजनाको लागि बनाइएको ड््यामबाट पानी थुनेर राखिने र विद्युत् निकाल्नका लागि सुख्खा याममा पनि ड्यामको तलतिर अर्थात् मुग्लिनदेखि तल्लो भागमा नदीमा प्रशस्त पानी उपलब्ध हुन्छ । त्यसबाट सिँचाइ र अन्य कतिपय काम हुन सक्छ । अझ देवघाटनेर सप्तगण्डकी जलविद्युत् आयोजनाको सम्भाव्यता पनि रहेको छ जुन आयोजना २२५ मेगावाटको हुन सक्छ । हाल सुख्खा याममा पानीको मात्रा २९ क्युमेक्ससम्म झर्छ भने बुढीगण्डकी बनाइसकेपछि झन्डै १५० म्युमेक्स थप पानी सुख्खा याममा उपलब्ध हुन सक्छ । यसले गर्दा भारततर्फको नहरमा बाह्रै महिना प्रशस्त पानी हुन्छ । गण्डक नदीको सम्बन्धमा भारतसितको सम्झौतामा भारतले कति पानी पाउने भन्ने कुरा उल्लेख नभएको र नेपालका केही हेक्टर जमिनका लागि पानी दिने भनिएकाले सुख्खा याममा जति पानी उपलब्ध हुन्छ त्यो सबै भारतको मागमा पर्न जान्छ ।

(सूर्यनाथ उपाध्यायको आलेखबाट)
वर्ष ५, अंक १८, २०६६, पुस २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्