ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल र इंग्ल्याण्डबीचको फुटवल खेल स्थगित    

२०७६ चैत, ५  
खेल विविध
Image Not Found

चैत ५, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र इंग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ ।     
     
 विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इंग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ । 
एन्फाका अनुसार अर्को मिति तय नभएसम्म उक्त खेल स्थगन भएको हो । मैत्रीपूर्ण खेल आगामी जेठ १२ गतेका लागि तय भएको थियो ।     
     
 गत माघमा एन्फा र इंग्ल्याण्डको फुटबल एशोसिएशन (एफए) सँग दुई मैत्रीपूर्ण खेल खेलाउने सम्झौता भएको थियो । दोस्रो मैत्रीपूर्ण खेल भने सन् २०२१ मा नेपालमा नै हुने बताइएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्