ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्र बैंकको गभर्नर पदका दावेदारहरूको दौड सुरु

२०७६ चैत, ६  
१० वर्ष अघि
NA


आगामी माघ १७ गतेदेखि अवकाश पाउन लागेका नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईको उत्तराधिकारी बन्न झन्डै एक दर्जन व्यक्तिहरूको दौड सुरु भएको छ । यसरी दौड सुरु गर्नेहरूमा धेरैजसो नेपाल राष्ट्र बैंकका पूर्वअधिकारी नै छन् ।

गभर्नर बन्ने दौडमा सबैभन्दा अगाडि रामेश्वर खनाल, केशव आचार्य र डा. पुष्पराज राजकर्णिकार देखिएका छन् । अर्थ मन्त्रालयका सचिव खनाल नेपाल राष्ट्र बैंकका संचालक सदस्य पनि हुन् । उनलाई गभर्नर बनाउन एमाले र कांग्रेसका केही नेताहरूले वचन दिइसकेको बताइएको छ । कांग्रेसको भोटर भए पनि प्रशासनिक काममा राजनीतिक प्रभावभन्दा माथि उठेर काम गर्न सक्ने व्यक्तिको रूपमा चिनिएका खनालको एमाले पोलिटब्युरो सदस्यसमेत रहेका अर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको सम्बन्ध पनि अहिले निकै घनिष्ठ बनेको छ । उनकी श्रीमती सूचना खनाल चर्चित धितोपत्र दलाल रहेकाले भने नैतिक असजिलो खनाललाई छ । 

गभर्नर बन्ने दौडमा आचार्य र राजकर्णिकार पनि खनालकै हाराहारीमा रहेको आर्थिक क्षेत्रमा व्याप्त छ । नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक आचार्य हाल अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार छन् । एमाले कार्यकर्ता भए पनि राजनीतिक आग्रहभन्दा माथि उठ्न सक्ने र सबैसँग मिल्न सक्ने क्षमता भएका व्यक्ति भनी चिनिएका आचार्यलाई अर्थमन्त्री पाण्डेले गभर्नरको रूपमा अगाडि सार्न सक्ने अडकलबाजी गरिँदै छ । केन्द्रीय बैंकबारेको प्राविधिक ज्ञान उनलाई राम्रो छ । तर, कतिपय जानकारहरू उनलाई निर्णायक बेलामा लकपकाउने व्यक्तिको रूपमा चित्रण गर्छन् ।

वर्ष ५, अंक १८, २०६६, पुस २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्