ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशिया बैंकद्वारा बीमा रकम भुक्तानी

२०७६ चैत, ६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले झापाको विर्तामोडस्थित भद्रपुररोड निवासी महेश अग्रवाललाई बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमन्ड’ खाता खोलेका अग्रवाललाई औषधि उपचार बीमाअन्तर्गत मंगलवार रू. १५ लाख हस्तान्तरण गरेको बैंकले बताएको छ । 

आफ्नो ओपन हर्ट सर्जरी भएपछि अग्रवालले डायमन्ड खाताभित्र रहेको घातक रोगहरूको बीमा सुविधाअन्तर्गत बीमा रकम दाबी गरेको थिए । बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभर १२७ जनाले विभिन्न बीमाबापतको रकम रू. ८७ लाख प्राप्त गरेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्