arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘ए’ डिभिजन लिग - मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा    

२०७६ पौष, १४  
खेल विविध
Image Not Found

पुस १४, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।     
     
 सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा सोमवार भएको खेलमा मच्छिन्द्र एनआरटीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । 

मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे ।     

उनले खेलको ९०औं मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए । मच्छिन्द्रले चार खेलमा ९ अंक जोडेको छ । 

समान ९ अंक नै जोडेको मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । रासस
   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्