ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतीय पर्यटक रोक्ने कि ?

२०७६ चैत, ७  
पाठक विचार
NA


कोरोनाका कारण विदेशबाट आउनेमाथि प्रतिबन्ध लगाइएको छ । तर, यतिबेला भारतीय यात्रुहरू धमाधम नेपाल भित्रिएको समाचार आएको छ । भारततर्फको सीमा नाका बन्द नभएकाले यसो भएको हुन सक्छ । विमानबाट पनि भारतीय पर्यटक नेपाल आएको बताइन्छ । भारतमा कोरोना संक्रमण देखिइसकेकाले यस्तो आगमनबाट नेपाल असुरक्षित देखिएको छ । यसरी आएका भारतीयहरू जाने मुख्य ठाउँ भनेको पशुपति मन्दिर नै हो । मन्दिर कोरोना संक्रमण फैलन सक्ने ठाउँ मानिन्छ । यसले गर्दा भारतबाट जनकपुर र पशुपति आउने तीर्थालुबाट पनि नेपाल कोरोनाको उच्च जोखिममा रहेको छ भन्न सकिन्छ ।

हुन त पशुपतिमा दर्शनार्थीहरूलाई हात धुने र लाइन लाग्दा पनि केही टाढा बस्नुपर्ने निगम पशुपति क्षेत्र विकास कोषले बनाएको छ । तर, डाक्टरहरूले भुइँमा कोरोना भाइरस भए त्यो खाली खुट्टा वा जुत्तामा सर्ने र त्यसबाट त्यो पैmलने डर हुन्छ । त्यसैले त्यहाँ सुरक्षाका थप सावधानी अपनाउनुपर्ने देखिन्छ । मन्दिरको दर्शन गर्न आउने भारतीय तीर्थालु नेपालीको तुलनामा बढिरहेका छन् । तर, विगत वर्षहरूको तुलनामा भने घटेका छन् । अहिले स्थलमार्गबाट मात्रै नभई हवाई मार्गबाट समेत भारतीय पर्यटक नेपाल आइरहेका छन् । भारतमा कोरोनाको जोखिम बढेकाले कोरोना छल्न भन्दै हूलका हूल भारतीय नेपाल भित्रिरहेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिने भारतीयको संख्या हाल दैनिक १५० भन्दा बढी छ । 

अहिले भारतीय तीर्थालु सरदर दैनिक १ हजार ५०० को हाराहारीमा आउने गरेको बताइन्छ । यति बेला भारतीय तीर्थालुको भीडभाड नै हुने समय हो । तर, कोरोना संक्रमणकै कारण भारतीयहरूको संख्या घटेको छ । तैपनि उनीहरूको आगमन रोक्ने वा नरोक्ने विषयमा सरकारले स्पष्ट निर्णय गरिसकेको छैन । उनीहरूलाई नेपाल आगमन नरोक्ने हो भने सुरक्षाका पर्याप्त सावधानी अपनाइयोस् । 

सुमन राजण्डारी
जयवागीश्वरी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्