arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डीएभी विद्यालयले पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली जोड्दै 

२०७६ पौष, १५  
शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता

पुस १५, काठमाडौं । डीएभी विद्यालयलको ५–दीवसिय आनुभविक शिक्षण कार्यशालाको समापन भएको छ । कार्यशालाको समापनसँगै विद्यालयले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममै आनुभविक शिक्षण प्रणली भित्र्याउने निर्णय गरेको छ । 

सो पछि डीएभी विद्यालय आनुभविक शिक्षण प्रणाली अबलम्बन गर्ने नेपालको पहिलो विद्यालय हुनेछ । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष अनिल केडियाले भने– ‘यस पद्धति कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अबलम्बन गरिने छ’ ।

कार्यशालामा विद्यालयले दी प्रोटेजी ग्रुपसँग तीन वर्षसम्म आनुभविक पद्धतिको अबलम्बन, मूल्यांकन र शुदृढिकरणको लागि तीन वर्षसम्म साझेदार गर्ने निर्णय समेत गरेको छ । 

दी प्रोटेजी ग्रुपका मुख्य प्रशिक्षक जोएल. एस. गोडि र सहायक प्रशिक्षक पराग गान्धी र मोहन वेनकाटेश पलानीले करीब १७ वर्षको अध्ययन र अनुसन्धानबाट थ्री डि इ ई फ्रेमवर्क को आनुभविक शिक्षण पद्धती र सी एफ. पि (क्लासरूम फेसिलिटेसन प्राक्टीसनर) कोर्ष समेत शिक्षकहरूलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक गोडिले भने–‘अनुभव देखि ज्ञान बाड्ने प्रकृया पार गर्दा मानिसहरूको सिक्ने क्षमता ६० प्रतिशतदेखि ९९ प्रतिशतसम्म पुग्छ’ । 

प्रशिक्षणको तेस्रो दिन किन्डरगार्टेन देखि कक्षा आठसम्मका अभिभावक हरूलाई समेत उक्त कार्यक्रममा सहभागि गराईएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्