ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रावा बैंक सेयर विक्री विवाद

२०७६ चैत, ९  
१० वर्ष अघि
NA


नेपाल इन्भेष्टमेन्ट बैंकमा आफ्नो ३६ लाख कित्ता संस्थापक शेयर विक्री गर्न राष्ट्रिय वाणिज्य बैंकले दिएको आवदेनबारे केन्द्रीय बैंक र धितोपत्र बोर्ड बीच आरोपप्रत्यारोप सुरु भएको छ । दुई सस्ंथाबीचको रहेका शेयर बैंकहरूले एकअर्का बैंकको शेयर क्रसहोल्डिङ गर्न नपाउने नेपाल राष्ट्र बैंकको निर्देशनसमेत रहेको छ । 

वाणिज्य बैंकको उक्त सेयरको विक्रीका लागि केही महिना अगाडि राष्ट्र बैंक समक्ष निवेदन दिएको थियो । निवदेनमा उसले आफ्नो सेयर मूल्य प्रतिकित्ता १०८५ मा विक्री गर्न अनुमति मागेको थियो जतिबेला इन्भेस्टमेन्ट बैंकको सेयरको मूल्य करिब १२ सय रुपैयाँ थियो । दोस्रो बजारमा कारोबार भइरहेका सर्वसाधारणको सेयर मूल्यभन्दा संस्थापक सेयरको मूल्य आधा कम हुने तर वाणिज्य बैंकले निकै बढी मूल्यमा विक्री गर्न अनुमति मागेका भन्दै बोर्डले अनुमति दिन अस्वीकार गरेको छ । ‘वाणिज्य बैंकका पदाधिकारी सेयर बिक्री गर्नै चाहँदैन् । त्यसैले उनीहरूले धितोपत्र बोर्डलाई दोषी देखाएर सेयर बिक्रीमा आलटाल गरिरहेका छन्’ बोर्डका अध्यक्ष डा. शूरवीर पौड्यालले भने । उनका अनुसार क्रस होल्डिङ गर्न नपाउने राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्न नसक्ने र इन्भेस्टमेन्टमा रहेका संस्थापक सेयर बिक्री गर्न नचाहेका कारण वाणिज्य बैंकका पदाधिकारीले वास्तविक मूल्यभन्दा बढी मूल्यमा बिक्री गर्न स्वीकृति मागेका हुन् । हामीले त बेच्न खोजेका हौं तर बोर्डले मानेन भनेर बोर्डलाई दोष दिएर संस्थापक सेयर होल्ड गरिरहने नियत उनीहरूको छ । ‘उनीहरूको त्यो नियतबाट सचेत हुनुहोस् भनेर मैले राष्ट्र बैंकलाई समेत जानकारी गराइसकेको छु’ पौड्यालले भने । 

वर्ष ५, अंक १८, २०६६, पुस २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्