ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राजदूतद्वारा नेपाल–भारत उद्योग वाणिज्य संघको प्रशंसा

२०७६ चैत, ९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल–भारत उद्योग वाणिज्य संघले गरेको कामको प्रशंसा गरेका छन् । संघका प्रतिनिधिमण्डल र राजदूत क्वात्राबीच शुक्रवार भएको छलफलमा उनले संघबाट हालसम्म भएका कामहरूको प्रशंसा गरेका हुन् । 

नेपाल–भारत द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनको क्षेत्रमा संघले गर्ने कार्यहरूमा दूतावास सहकार्य गरी अघि बढ्न तत्पर रहेको पनि क्वात्राले बताएका छन् । 

भेटमा नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरी संघको गतिविधिबारे जानकारी गराएका छन् । 

दूतावासमा भएको भेटघाटको क्रममा संघले नेपाल–भारत व्यापार तथा लगानीका क्षेत्रमा रहेका विभिन्न पक्षहरूका बारेमा पनि छलफल गरेको बताइएको छ । नेपाल–भारत द्विपक्षीय व्यापार तथा लगानीको क्षेत्रमा नेपाल–भारत उद्योग वाणिज्य संघले विगत २५ वर्षदेखि योगदान दिँदै आएको अध्यक्ष राणाले बताइन् । उनले संघका आगामी गतिविधिमा भारतीय राजदूत  राजदूतावासको सक्रिय सहयोगको अपेक्षा गरिन् । 

दोस्रो नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक सन् २०१८ जुलाई ६ मा काठमाडौंमा सम्पन्न भएको तथा प्रत्येक २÷२ वर्षमा नेपाल र भारतले आलोपालो गरी सो कार्यदलको बैठक आयोजना गर्ने प्रावधान भएको जानकारी अध्यक्ष राणाले गराइन् । 

उक्त अवसरमा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसीले संघले अबका दिनहरूमा नेपाल–भारत साझेदारी सम्मेलन (पार्टनरशीप समिट), काठमाडौं–कोलकाता मञ्च (केटूके फोरम), भारतको नयाँ दिल्लीमा इनोभेशन हाउसको स्थापना गर्नेलगायत जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्