ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिद्धार्थ बैंक : कम्पनी विश्लेषण (आइतवार, ९ चैत २०७६)

२०७६ चैत, ९  
कम्पनी विश्लेषण
Image Not Found

बिहीवार कम्पनीको शेयरमूल्य रू. २९२ कायम भएको छ । अघिल्लो दिनको तुलनामा रू. १ ले वृद्धि भएको हो । बिहीवार कम्पनीको ६९ हजार ४२ कित्ता शेयर खरीद विक्री भएको छ । कम्पनीले यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाइसकेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ अर्ब २ करोड नाफा कमाएको हो । चुक्तापूँजी रू. ९ अर्ब ७८ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ३ अर्ब ८५ करोड छुट्ट्याएको छ । प्रतिशेयर आम्दानी रू. २१ दशमलव ७५ छ । 

कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने बुझाउँछ । आरएसआई न्यूट्रल जोन ३९ दशमलव ४४ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४ दशमलव ९९ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम र प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग जोडिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. २९२ देखि बजारको अवस्था परिवर्तन भई सस्तिएमा रू. २८२ मा टेवा र महँगिएमा रू. ३०४ मा प्रतिरोध पाउने देखिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्