ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ जना पक्राउ      

२०७६ चैत, ९  
प्रदेश ०२
Image Not Found

चैत ९, जनकपुरधाम । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका यहाँस्थित चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।     
     
 पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् ।
 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए । पक्राउ गरिएका चारै व्यवसायीको थप अनुसन्धान भइरहेको जनाइएको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्