ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अस्ट्रेलियाले ल्यायो ३८ अर्ब डलरको स्टिमुलस 

२०७६ चैत, ९  
अन्तरराष्ट्रिय
Image Not Found
सिड्नीको सडकमा मास्क लगाएर घुमिरहेका अस्टे«लियाली नागरिकको फाइल फोटो । त्यहाँका नागरिकको हितका लागि अस्ट्रेलिया सरकारले ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । तस्वीर : एएफपी

चैत ९, सिड्नी (अष्ट्रेलिया) । कोरोना भाइरसको महामारीको मारमा परेको अर्थतन्त्रलाई टेवा दिन अष्ट्रेलियाले ३८ अर्ब अमेरिकी डलरभन्दा धेरैको स्टिमुलस कार्यक्रम ल्याएको छ । 

सरकारले आइतवार ३८ अर्ब २० करोड अमेरिकी डलर (६६ अर्ब अष्ट्रेलियाली डलर)को प्याकेज ल्याएको हो ।

यसमा आर्थिक मन्दी टार्न र रोजगारी बचाउन साना व्यवसायहरुलाई १ लाख अष्ट्रेलियाली डलर दिने लगायत उपायहरु रहेको छ । व्यवसाय र गैर नाफामुलक संस्थाहरुलाई दिनका लागि २५ अर्ब २० करोड अष्ट्रेलियाली डलरको राहत दिने योजना पनि यसमा रहेको प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् । 

सरकारले साना तथा मध्यम आकारका व्यवसायलाई टेवा दिन ४० अर्ब अष्ट्रेलियाली डलरको कर्जा पनि दिनेछ । बेरोजगारी भत्ता दोब्बर पारिनेछ र भाइरसबाट सबैभन्दा धेरै प्रभावित कर्मचारीलाई चाँडै नै पेन्सन बचतमा पहुँच दिइनेछ । 

सरकारले यस अघि मार्च १२ मा १७ अर्ब ६० करोड डलर बराबरको प्रारम्भिक स्टिमुलस प्याकेज ल्याएको थियो । पछिल्लो समय भाइरसका कारण उत्पन्न संकट बढ्दै गइरहेको छ । 
यस्तोमा अर्थतन्त्रलाई २९ वर्षयता पहिलो पटक मन्दीमा जानबाट जोगाउन सरकारले तेस्रो वित्तीय तरलता प्रवाह गर्ने अपेक्षा गरिएको छ । 

संकटबाट अर्थतन्त्रलाई जोगाउन करीब १ खर्ब ८९ अर्ब अष्ट्रेलियाली डलर अर्थतन्त्रमा प्रवाह गरिदैंछ । यो अष्ट्रेलियाको कुल गाहस्थ्र्य उत्पादन (जीडीपी)को १० प्रतिशत बराबर हो । 
अस्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ३०० पुगेको छ ।

मर्नेको संख्या पनि सात जना पुगेको छ । भाइरस फैलन नदिन अन्तरराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाउनुका साथै गैर अस्ट्रेलियालीलाई देश प्रवेशमा रोक लगाइएको छ । आगामी केही महीना निकै कठिन हुने मरिसनको भनाइ छ । 

बिहीवार मात्रै त्यहाँको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अष्ट्रेलिया’ले ब्याजदर घटाएर शून्य दशमलव २५ प्रतिशतको कीर्तिमानी न्यून बिन्दुमा झारेको थियो ।
 

तीन वर्षिय ऋणपत्रको प्रतिफल पनि सोही स्तरमा राख्ने भएको छ । व्यवसायलाई टेवा दिन बैंकले कम्तिमा ९० अर्ब अष्ट्रेलियाली डलरको कर्जा सुविधा ल्याएको छ । आम जनतालाई नियमित तलब बाहेक हरेक १५÷१५ दिनमा ५५० डलर थप भुुक्तानी दिँइदैंछ ।    रासस/ एएफपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्