ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तेस्रो घण्टामा ३.५२ अंकले बढ्यो नेप्से, एनएमबि बैंकको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७६ चैत, ९  
नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत ९, काठमाडौं । आइतवार नेप्से कारोबार भएको तेस्रो घण्टामा ३ दशमलव ५२ अंकले बढेको छ । कारोबार शुरु भएको पहिलो र दोस्रो घण्टामा घटेको नेप्से कारोबारको तेस्रो घण्टामा शून्य दशमलव २८ प्रतिशत बढेर १ हजार २७३ दशमलव १७ विन्दुमा पुगेको छ । 

यस अवधिसम्म १० ओटा समूहको परिसूचक कारोबारमा आएको छ । जसमध्ये होटल्स र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।  तेस्रो घण्टाको कारोबारमा ५३ ओटा कम्पनीको रू. ८० लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ । 

यस अवधिमा एनएमबि बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. २० लाख ३० हजार बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ३८६ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा मुक्तिनाथ विकास बैंकको रू. ८ लाख २ हजार बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ३०० रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्