ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सहकारीद्वारा नि : शुल्क मास्क वितरण

२०७६ चैत, ९  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

चैत ९, बागलुङ । बागलुङ बजारमा रहेको एक सहकारीले कोरोना भाइरसको महामारीबाट बच्नको लागि नि : शुल्क मास्क वितरण गरेको छ । 
स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङ र क्षत्री समाज बागलुङले संयुक्त रुपमा आइतवारदेखि नि : शुल्क मास्क वितरण शुरु गरेको सहकारीका प्रबन्धक दुर्गा केसीले जानकारी दिए ।
विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि बजारमा मास्कको अभाव बढ्दै गएपछि  नि : शुल्क रुपमा मास्क वितरण गरिएको प्रबन्धक केसीले बताए । उनले स्थानीय स्तरमै उत्पादन गरिएको कपडाको मास्क खरीद गरि पहिलो दिन बजारको लोकतान्त्रिक चोकबाट वितरण शुरु गरिएको बताए । 

सहकारीले तीन दिनसम्म ३ हजार नि :शुल्क मास्क वितरण गरिने क्षत्री समाज बागलुङका कोषाध्यक्ष धन बहादुर कार्कीले बताए । 

‘देशमा कोरोना भाइरसको जोखिम पूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि प्रतिव्यक्ति एक ओटाका दरले मास्क वितरण गर्ने योजना बनाएका हौं’, कोषाध्यक्ष कार्कीले भने । उनले रू. ७० हजार लागतमा ३ हजार माक्स खरीद गरिएको पनि बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्