ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाको त्रास : जागुआर ल्याण्ड रोभरले पनि बन्द गर्‍यो बेलायतमा उत्पादन

२०७६ चैत, ९  
अन्तरराष्ट्रिय
Image Not Found

चैत ९, लन्डन (बेलायत) । बेलायती अटो निर्माता कम्पनी जागुआर ल्याण्ड रोभरले बेलायतभर सबै कारखानामा उत्पादन बन्द गर्ने भएको छ । कोरोना भाइरसको महामारी फैलिने क्रम बढेसँगै कम्पनीले यस्तो कदम चालेको हो । म्यानुफ्याक्चरि आगामी हप्ता बन्द हुने बताइएको छ । 

उत्पादन सुचारु अप्रिल २० देखि हुने योजना रहेपनि यसमा परिवर्तन हुन सक्ने बताइएको छ । बेलायतमा बन्द भएपनि विदेशमा भने कारखना चल्नेछ । 

चीनमा रहेको कारखाना फेबु्रअरीको अन्त्यमा खुलेको थियो । त्यहाँ व्यवसाय विस्तारै सामान्य अवस्थामा फर्किदैंछ । ब्राजिल र भारतमा पनि कारखाना चलिरहेको छ । हालै मात्रै बीएमडब्ल्यू, टोयोटा, होन्डा, निशान र भक्सहलले पनि बेलायतमा रहेका कारखाना बन्द गरेका थिए । 

संक्रमण दरमा भएको वृद्धि र विक्रीमा आएको कमीतर्फ औल्याउँदै बेन्ट्लीले पनि चार हप्ताका लागि उत्पादन स्थगित गरेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्