ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्मार्टफोनको विक्रीमा अहिलेसम्म कै खराब कमी 

सुधारको सम्भावना धूमिल

२०७६ चैत, ९  
अन्तरराष्ट्रिय
Image Not Found

चैत ९, सन फ्रान्सिस्को (अमेरिका) । कोरोना भाइरसको महामारीको चपेटामा  स्मार्टफोन बजार पनि आएको छ । फेब्रुअरीमा विश्व बजारमा स्मार्टफोनको विक्री यो आविष्कार भएयताकै खराब कमी आयो ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार एवम् आपूर्ति शृङ्खलाको मुख्य हिस्सा चीनको अधिकांश् क्षेत्र लकडाउन भयो । 

यसका कारण खुद्रा स्टोर र स्मार्टफोन कारखाना समेत बन्द भए । फलतः विश्वभर गतमहीना ६ करोड १८ लाख थानमात्रै स्मार्टफोन  विकेको बजार अनुसन्धाता संस्था स्ट्राटेजी एनालिटिक्सको सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । 

गत वर्षको सोही अवधिको तुलनामा यो ३८ प्रतिशत कम हो । सन् २०१९ को सोही अवधिमा भने विश्वभर ९ करोड ९२ लाख थान फोन विकेका थिए ।चीनमा विस्तारै बजार र व्यवसाय खुल्ने क्रममा छन् । केही कम्पनीका उत्पादन सामान्य स्तरमा फर्किसकेको छ ।

तर बाँकी विश्वमा कोभिड–१९ को महामारी खराब बन्दै गएको छ । एप्पल र अन्य स्मार्टफोन कम्पनीका लागि महत्वपूर्ण बजार समेत महामारीको चपेटामा आएको छ । एप्पलले मार्चमा चीनबाहिर आफ्ना सबै स्टोर बन्द गरेको छ । नयाँ उपकरणमा अर्डर सीमा तोकिएको छ । 

विश्वभर स्मार्टफोनका विक्री सुस्ताउने सम्भावना छ । राज्य मात्रै होइन देश नै लकडाउनमा छ । कर्मचारीहरु काममा जान सकेका छैनन् । गएकाहरुको पनि कार्य समय कटौती भएको छ । चीनमा पुनःबहालीको शुरुआती संकेत देखिएपनि विश्व बजार कोभिड–१९ को प्रभावमै छ । करोडौं उपभोक्ता थुनिएका छन् ।

 नयाँ उपकरण किन्न असमर्थ छन् वा अनिच्छुक छन्,’ स्ट्राटेजी एनालिटिक्समा विश्लेषक रहेका यिवेन वुले भने । स्मार्टफोन उद्योगका लागि फेब्रुअरीको विशेष महत्वको छ । 

हरेक वर्ष यही महिना बार्सिलोनामा मोबाइल वल्र्ड कंग्रेस (एमडब्ल्यूसी)को आयोजना हुने गरेको थियो । यहाँ स्मार्टफोन कम्पनीहरुले आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने गर्दथे । तर यो पटक कोरोना भाइरसको त्रासले एमडब्ल्यूसी भएन । 

दक्षिण कोरिया स्मार्टफोन निर्मात सामसङले फेब्रुअरीमा फल्यागसिप एस २० स्मार्टफोन लञ्च गरेको थियो । तर यसको खासै धेरै बिक्री हुन सकेको छैन । 

विश्वभर आइफोन आपूर्ति घट्ने र यसअघि गरिएको कम्पनीको मुनाफाको प्रक्षेपण पूरा नहुने एप्पलले बताइसकेको छ । गत महीना स्मार्टफोन बजारमा इतिहासकै ठूलो कमी देखिएको र यो समयलाई स्मार्टफोन उद्योगले सम्झिन नचाहने स्ट्राटेजी एनालिटिक्सका कार्यकारी निर्देशक निल मास्टनले भने । 

चालू मार्च महीनामा कोरोना भाइरसको संक्रमण यूरोप तथा अमेरिकामा समेत तीव्र गतिमा फैलिरहेको छ । तत्कालै स्मार्टफोनको व्यापारमा सुधार आउने सम्भावना नरहेको प्रतिवेदनमा बताइएको छ । 

भाइरसका कारण लकडाउनमा पदौ विश्वका करोडौं स्मार्टफोन उपभोक्ताहरु नयाँ स्मार्टफोन किन्नका लागि बजारसम्म पुग्न सकेका छैनन् । यस्तो अवस्थामा विक्रेताहरुले स्मार्टफोनको विक्री बढाउन आगामी दिनमा उपभोक्तालाई लोभ्याउने खालका छूट अफरहरु ल्याउन सक्ने पनि प्रतिवेदनमा भनिएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्