ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्मचारीको तलब तिरिदिदैं बेलायत

२०७६ चैत, ९  
अन्तरराष्ट्रिय
Image Not Found

चैत ९, लन्डन (बेलायत) । कोरोना भाइरसको महामरीका कारण कयौं क्षेत्रका कम्पनी धराशयी बनेका छन् । केही टाट पल्टिने अवस्थामा छन् भने सञ्चालनमा आएकाहरुलाई पनि कर्मचारीलाई भाइरसको संक्रमण जोगाउन र तलब भुक्तानीमा मुस्किल भइरहेको छ । 

यस्तोमा बेलायत सरकारले भने कोरोना भाइरसको महामारीका कारण काममा जान नसक्ने कामदारका तलब आफैंले तिरिदिने भएको छ । रोजगारी जोगाउन सरकारले यस्तो कदम चालेको हो । 

सरकारले त्यस्ता कर्मचारीको ८० प्रतिशत तलब भुक्तानी गर्नेछ । यसमा महिनाको २ हजार ५०० सम्मको तलब समेटिने बताइएको छ । यसले संकटकै कारण कर्मचारी कटौतीमा रोक लाग्ने त्यहाँका अर्थमन्त्री रिशी सुनाकले बताएका छन् । 

महामारीका कारण आफू टाट पल्टिने र हजारौं रोजगारी गुम्ने चेतावनी यस अघि नै कम्पनीहरुले दिँदै आएका छन् । पब र रेष्टुँरा बन्द गर्ने सरकारी निर्णयले व्यवसायमा उल्लेख्य प्रभाव पारेको छ । 

तलब सहुलियत कोरोना भाइरसका कारण पहिला देखि नै कर्मचारी कटौती गर्न थालेका कम्पनीमा लागू हुने बताइएको छ । ती कर्मचारीहरु पुनः काममा नफर्किएसम्म सहुलियत चालु रहने विश्लेषण गरिएको छ । भाइरसका कारण उत्पन्न समस्या मानिसहरु एक्लैले सामना गर्नु नपर्ने आश्वासन समेत सुनाकले दिएका छन् । 

तलब भुक्तानी माार्च देखि नै शुरु हुने र ३ महीनासम्म चल्ने छ । आवश्यक परेमा यो योजना विस्तार गर्न पनि सकिने उनको भनाइ छ । 

सरकारले कर्मचारी र कम्पनीहरूलाई टेवा दिन मूल्य अभिवृद्धि कर भुक्तानीमा ढिलाइ, ब्याजरहित कर्जा, आय कर भुक्तानीमा ढिलाइ, बेरोजगारी भत्तामा वृद्धि लगायत विविध उपाय ल्याएको छ । 

महामारीका कारण हाल ४ प्रतिशतभन्दा तल रहेको बेलायतको बेरोजगारी दर बढेर ६ प्रतिशतमा उक्लिने प्रक्षेपण परामर्शदाता कम्पनी क्यापिटल इकोनोमिक्सले गरेको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्