ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयरबजार छिटो खोलौं

२०७६ चैत, १०  
सम्पादकीय
NA

नेपाल धितोपत्र बोर्डले सोमवारदेखि पाँच कारोबार दिनका लागि शेयर बजार बन्द गर्ने निर्णय गरेको छ । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द रहने घोषणा गर्नुभएको थियो । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले मानिस मानिसबीच हुने सम्पर्क कम गर्न अन्य धेरै निर्णयहरू पनि गरेको छ । सरकारको यो निर्णयसँगै आइतवार नेप्सेले शेयर कारोबार गराउँछ कि गराउँदैन भन्नेमा बहस चलेको थियो । तर, आइतवार नेप्सेले शेयरबजार पूर्ववत् सञ्चालन गरेको थियो ।

सबैले अनलाइन सुविधा लिएका छैनन् र धेरैले कारोबार गर्न नपाउने भएकाले बन्द गरिएको हो भने पनि त्यो जायज मान्न सकिन्न । बरु अहिले शेयरबजारलाई पूर्ण अनलाइन कारोबार बनाउने उपयुक्त अवसर हो ।

अत्यावश्यक सेवाभित्र बैंक तथा बीमा पर्छन् तर शेयर बजारलाई भने अत्यावश्यक सेवाभित्र पारिएको छैन । त्यसैले शेयरबजार पनि बन्द हुनुपर्छ भन्ने केहीको तर्क छ । अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ मा बनेको हो र यसको संशोधनमा समेत शेयरबजारलाई समावेश गरिएको छैन । वास्तवमा यसलाई समावेश नगर्नु नै गलत हो । 

आइतवार नेप्सेले शेयर कारोबार गराएपछि लगानीकर्ता संगठनहरू एकजुट भएर विरोध गरे । उनीहरूले अर्थ मन्त्रालयमा समेत उजुरी गरे । यही विवादका कारण अर्बको हाराहारीमा कारोबार भइरहेको शेयरबजार आइतवार भने १९ करोडको कारोबारमा खुम्चन पुग्यो । साथै शेयरबजार सूचक नेप्से पनि १८ अंकले घट्यो । 

सरकारले के निर्देशन दिएको छ, त्यो नेप्सेले पालना गर्‍यो कि गरेन भन्ने कुरा गौण हो । तर, शेयरबजार बन्द गरिनुपर्छ भन्ने तर्क चाहि“ उपयुक्त होइन । शेयरबजारमा लगानी गर्नेहरूमध्ये कतिपयको आम्दानीको मूल स्रोत नै यही बजार हुन सक्छ । आम्दानीका अन्य स्रोत नभएका व्यक्तिहरूले शेयर बेचेर नै घर धान्नुपर्ने हुन सक्छ । शेयरबजार तरल हुने भएकाले नै धेरैले यसमा लगानी गरेका हुन् । आवश्यक पर्दा बेचेर खर्चको जोहो गर्न सकिने र मुनाफा पनि पाइने सोचले नै धेरैले लगानी गरेका हुन्छन् । यस्तोमा शेयरबजार बन्द गरि“दा उनीहरूलाई मर्का पर्ने देखिन्छ । यही भएर नै बैंक तथा बीमालाई अत्यावश्यक सेवाभित्र राखिएको हो । 

सरकारले अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्नुको मुख्य कारण नै कोरोनाको संक्रमण रोक्नु हो । भीडभाडमा संक्रमण फैलन सक्ने भएकाले यस्तो सामाजिक तथा शारीरिक सम्पर्क तोड्नकै लागि सरकारले विभिन्न सेवा बन्द गराएको हो । तर, शेयरबजारमा अनलाइन कारोबार हुन्छ । मानिस मानिसबीच शारीरिक भेट त्यति आवश्यक पर्दैन । हो, एक्सचेन्ज सञ्चालन गर्न केही कर्मचारी भने आवश्यक हुन्छन् । त्यसमा सुरक्षाको पर्याप्त सावधानी अपनाएर नेप्से सञ्चालन गर्न खासै समस्या हुने देखिँदैन । कोरोना भाइरसबाट संकटग्रस्त बनेको इटलीको शेयरबजार बन्द भएको छैन । अमेरिकामा फ्लोअर कारोबार बन्द गरे पनि अनलाइन कारोबार भने बन्द गरिएको छैन । तर, नेपालमा चाहि“ शेयर कारोबार किन बन्द गरियो ?

आइतवार कारोबार रकम घटेकोमा समेत केहीले नेप्सेको आलोचना गरेको पाइयो । अहिले सामान्य अवस्थामा जस्तो कारोबार हु“दैन । सबैले अनलाइन सुविधा लिएका छैनन् र धेरैले कारोबार गर्न नपाउने भएकाले बन्द गरिएको हो भने पनि त्यो जायज मान्न सकिन्न । बरु अहिले शेयरबजारलाई पूर्ण अनलाइन कारोबार बनाउने उपयुक्त अवसर हो । अनलाइनबाट कारोबार भइरहने हो भने धेरै जनाले यो सुविधा लिनेछन् र अनलाइन कारोबार पनि बढ्नेछ । पाँच कारोबार दिनका लागि स्थगित गरिएको शेयर बजार यथाशीघ्र खोलिनुपर्छ ।

प्रतिक्रिया [1]
User Image

Sanu babu

[Mar 23, 2020 05:13am]

This is bloody news and argument. What you think ? You aiways right paturikar. This is time for trading or be safe and make safe? Nonscence new and writer.


प्रतिक्रिया दिनुहोस्