ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ढुवानी निरन्तर गर्न आग्रह

२०७६ चैत, १०  
वाग्मती प्रदेश
NA


हेटौंडा (अस) । नेपाल ट्रक यातायात व्यवसायी महासंघले अत्यावश्यक उपभोग्य सामग्री ढुवानी कार्यलाई निरन्तरता दिन अपिल गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सरकारले सोमवारदेखि लामो दूरीका सवारीसाधन चल्न रोक लगाए पनि महासंघले लामो आपूर्ति व्यवस्था सजह पार्न निर्बाध रूपमा ढुवानीका साधन सञ्चालन गर्न / गराउन महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले विज्ञप्तिमार्फत आग्रह गरेका छन् । यसैगरी पुरानो नारायणी यातायात कम्पनी प्रालिले पनि ढुवानीका साधन सञ्चालनमा ल्याउने बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्