ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रौतहटसँग सीमा जोडिएका नाका बन्द

२०७६ चैत, १०  
प्रदेश ०२
NA

रौतहट (अस) । भारतमा कोरोनाको संक्रमण फैलिँदै गएपछि रौतहटसँग सीमा जोडिएका नाका बन्द गरिएको छ । गौर सीमा नाका बाहेकका अन्य नाका भएर हुने आवतजावतमा रोक लगाइएको हो ।  अतिआवश्यक कार्य र प्रयोजन बाहेक अन्य खुला सीमा नाका भएर हुने आवतजावतमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले बताए । 

कोरोना भाइरस छिमेकी देश भारतमा समेत आइसकेकाले उच्च सतर्कता अपनाउन जिल्लाका सुरक्षा अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए । अहिले खुला राखिएका सीमामा हेल्थ डेस्क स्थापना गरी भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गर्ने गरिएको उनले बताए । गौर नगरपालिका–५ मा रहेको गौर नर्सिङ इन्स्टिच्युटलाई कोभिड–१९ का शंकास्पद व्यक्ति लाई राख्न क्वारेन्टाइन स्थलको रूपमा सञ्चालन गरिने भएको छ । जिल्लाभित्र साप्ताहिक रूपमा लाग्ने हाट बजार अर्को व्यवस्थापन नभएसम्मको सञ्चालन नगर्ने व्यवस्था सम्बन्धित नगरपालिकाले गर्नुपर्ने निर्णय भएको छ । लामो दूरीमा सञ्चालन हुने सवारीसाधनको सञ्चालनमा रोक लगाइने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ । 

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कमान्ड पोस्ट स्थापना गरी अनुगमन, सञ्चालन एवम् व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गौरले बताएको छ । भारतमा कोरोनाको संक्रमण फैलिँदै गएपछि रौतहटका स्थानीय तह पनि सक्रिय भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्