ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारसँग सहकार्य गर्दै परिसंघ

नेपाल बैंकर्स संघसँग समसामयिक विषयमा छलफल

२०७६ चैत, १०  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघले वर्तमान परिस्थितिमा सरकारलाई सघाउने भएको छ । त्यसका लागि निजीक्षेत्रका तर्फबाट सरकारलाई सहयोग गर्न केकस्तो कार्यहरू गर्न सकिन्छ भन्ने विषयमा परिसंघले सरकारका निकायहरूसँग तत्काल छलफल गर्ने भएको छ । आइतवार परिसंघमा आयोजित छलफल कार्यक्रममा उक्त निर्णय भएको परिसंघले बताएको छ । 

बैठकमा कोरोना रोकथाम तथा उपचार प्रक्रियामा स्वास्थ्यसम्बन्धी पूर्वाधार, उपकरण तथा आपत्कालीन व्यवस्थापनलगायत समसामयिक विषयमा सरकारसँग कुन प्रकारले सहकार्य गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ । 

परिसंघले हाल संसारका अन्य मुलुकहरूले गरिरहेको लकडाउन जस्तै नेपालमा समेत पूर्ण रूपमा लकडाउन भए अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा कस्तो असर पर्ला भन्ने विषयमा पनि छलफल गरेको छ । 

नेपाल बैंकर्स संघसँग छलफल
आइतवार परिसंघ र नेपाल बैंकर्स संघबीच कोरोना भाइरसको नेपालमा पर्नसक्ने प्रभाव र यसले उद्योग व्यवसाय र बैंकिङ क्षेत्रमा पर्नसक्ने प्रभावका सम्बन्धमा छलफल भएको छ । भेटमा निजीक्षेत्रले सञ्चालन गरेका उद्योग व्यवसाय र बैंक एकअर्काको पूरकको रूपमा रहेको र निजीक्षेत्र र बैंकले आगामी दिनमा कोभिड–१९ बाट पर्नसक्ने असरको सम्बन्धमा समान धारणा बनाउनुपर्ने निष्कर्ष उनीहरूले निकालेका छन् । 

वर्तमान अवस्थामा पर्यटन र हवाई क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव देखिए पनि समग्र क्षेत्रमा यसको प्रभाव पर्ने र आपूर्ति व्यवस्था मिलाउन अत्यावश्यक वस्तुहरूको उत्पादन तथा वितरण गर्ने कम्पनीलाई समेत सुचारू राख्न सरकारले आवश्यक व्यवस्थापन मिलाउनेतर्फ ध्यान दिन अनुरोध गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्