ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

औषधिको उत्पादन बढाउन १० खर्ब रुपयाँ खर्चंदै भारत

२०७६ चैत, १०  
अन्तरराष्ट्रिय
Image Not Found

नयाँ दिल्ली (भारत) । भारतले औषधिको उत्पादन बढाउन १० खर्ब रुपयाँ खर्च गर्न लागेको छ । कोरोना भाइरसको महामारीका कारण आपूर्ति शृंखलामा अवरोध आएर औषधि अभाव हुने अवस्था देखिएको छ । यस्तोमा औषधि बनाउन घरेलु स्तरमा पाइने कच्चा पदार्थको उत्पादन गर्न कम्पनीहरूलाई प्रेरित गर्न सरकारले १० खर्ब रुपया (१ अर्ब ३० करोड डलर)को कोष स्थापना गरेको हो । 

यसमा औषधि उत्पादन केन्द्रका लागि आवश्यक पूर्वाधार निर्माण र वित्तीय प्रोत्साहनलगायत कार्यक्रम रहेको बताइएको छ । भारतले औषधि बनाउन चाहिने करीब ७० प्रतिशत (केमिकल) सामग्री चीनबाट आयात गर्दै आएको छ । यीमध्ये पनि धेरैजसो सामग्री हुपेईबाट आउने गरेको थियो । भारत विश्वको सबैभन्दा ठूलो जेनरिक औषधि निर्यातकर्ता हो ।

विश्वको कुल आपूर्तिमा भारतको अनुपात करीब २० प्रतिशत रहेको छ । भाइरसको महामरीका कारण चीनबाट आउने कच्चापदार्थ बन्द भएपछि भारतको औषधि उत्पादन प्रभावित भएको थियो । उसले विश्व बजारमा केही औषधि र औषधि बनाउन प्रयोग हुने कच्चापदार्थ निर्यातमा समेत रोक लगाएको थियो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्