ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आजदेखि लामो दूरीका सवारी आवागमनमा रोक

२०७६ चैत, १०  
समाचार
Image Not Found

चैत १०, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ख्याल गर्दै  सोमवारदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । 

सरकारको सोमवारदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आइतवार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो 

सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको संक्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो । महासंघका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतवार राति १२ बजेदेखि रोकिएको जानकारी दिए । 

‘काठमाडौं उपत्यकामा र छोटो दूरीमा चल्ने सवारीसाधन भने रोकिएका छैनन्, लामो दूरी कतिलाई मान्ने भन्नेबारे सोमवार मन्त्रालयमा बैठक बस्दैछ’, उनले भने । कलङ्कीका स्थानीय व्यवसायी वीरेन्द्र घिमिरेले पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन फाट्टफुट्टरुपमा सञ्चालन भइरहेको  जानकारी दिए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्