ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयर कारोबार ५ दिन बन्द

२०७६ चैत, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी ५ कारोबार दिन शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । यसबाट सोमवारदेखि आइतवारसम्म शेयरबजार बन्द रहनेछ ।

आइतवार बोर्ड बैठकले कोरोना भाइरसबाट लगानीकर्तालाई सुरक्षित राख्न सोमवारबाट आगामी ५ कारोबार दिन शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले धितोपत्र बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आदेश दिने निर्णय गरेको बोर्डबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यसअघि शेयर लगानीकर्ताका संघसंस्थाहरूले बोर्डमा चैत महीनाभरि कारोबार बन्द गर्न आग्रह गरेका थिए ।

सरकारले १७ ओटा अत्यावश्यकबाहेक सबै सेवा आइतवारबाट बन्द गर्ने घोषणा गरेको थियो । यसबाट शेयर कारोबार पनि बन्द हुने अधिकांशले आकलन गरेका थिए ।तर बोर्डले आधिकारिक निर्णय नगरेपछि आइतवार शेयर कारोबार यथावत् भएको थियो ।

शेयर कारोबार यथावत् भएपछि लगानीकर्ता संघसंस्थाहरूले आइतवार नेप्से र अर्थ मन्त्रालयमा शेयरबजार बन्द गर्न ज्ञापनपत्र बुझाएका थिए । बोर्डले उनीहरूको आग्रहलाई स्वीकार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । बोर्डले अर्को हप्ता भने परिस्थिति हेरेर निर्णय गर्ने बताएको छ । 

हेर्नुहोस बिज्ञप्ति :


 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्