ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चन्द्रागिरि हिल्सले बन्द गर्यो केबल कार र रिसोर्ट

२०७६ चैत, १०  
समाचार
Image Not Found
फाइल फोटो

चैत १०, काठमाडौं । कोभिड–१९ बाट हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ । 
चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि हुन सक्ने भन्दै आइतवारदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो । 

 हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजग हुनुपर्ने भएकाले तत्कालका लागि केवलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको जानकारी दिए । 

‘सरकारको निर्णय र निर्देशनअनुसार अति आवश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने निर्णयबमोजिम अर्को सूचना नआएसम्मका लागि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेका छौं’, उनले भने ।

हिल्सले कोरोनाको संक्रमणबाट जोगिनका लागि सम्पूर्ण जनतालाई आग्रहसमेत गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्