ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउन्डेसनद्वारा १ करोड सहयोग गर्ने घोषणा

२०७६ चैत, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । सरकारले कोभिड–१९ को सम्भावित संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि शुरु गरेको कोषमा नर्भिक अस्पाल तथा बसन्त चौधरी फाउन्डेसनले रू. १ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरुप रू.५० लाख नगद तथा थप रू.५० लाख बराबरको जरुरी मेडिकल सप्लाइन उपलब्ध गराउने घोषणा गर्दछु’, बसन्त चौधरीले आफ्नो ट्वीटर ह्यान्डलमा भनेका छन् ।


कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा आइतवार बसेको मन्त्रिपरिषदको बैठकले कोष निर्माण गर्ने र त्यो कोषमा सरकारले रू. ५० करोडको शुरु पूँजी राख्ने निर्णय गरेको थियो ।
 

कोरोनासम्बन्धी जोखिम फैलिरहेको अवस्थामा अर्थतन्त्रमा पर्न सक्ने केही न केही सङ्केतहरू देखिन थालेकाले पूर्वाधारमा पनि लगानी गर्नुपर्ने, खर्च गर्नुपर्ने भएकाले त्यसका लागि सहयोगी तत्पर भएर अघि बढिरहेको अवस्थामा सरकारले उक्त निर्णय गरेको हो । 

त्यसमा सङ्घीय सरकारका मन्त्रीहरूले एक महिनाको तलब राख्ने र यो कोषमा राष्ट्रसेवक कर्मचारी, व्यवसायी, समाजसेवी, सङ्घसंस्था र व्यक्तिलाई उक्त कोषमा सहयोगका लागि आह्वान गर्ने निर्णय भएको थियो ।

बैठकले उक्त कोषमा जम्मा भएकोे रकम कोरोनासँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार, स्वास्थ्य सामग्रीको आपूर्ति र सम्भावित भोलिका स्वास्थ्यसम्बन्धी जोखिम निराकरण गर्ने गरी प्रयोग गर्ने गरी कार्यविधि बनाउने निर्णय पनि गरिसकेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्