ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल इन्स्योरेन्स र वोमी लघुवित्तको साधारण सभा स्थगित

२०७६ चैत, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्थाको साधारण सभा स्थगित भएको छ । दुवै कम्पनीले सोमवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त साधारण सभा स्थगित गरिएको जानकारी दिएका छन् । 

हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम र सरकारको निर्णय बमोजिम एकै ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएकोले साधारण सभा स्थगित गरिएको दुवै कम्पनीले सूचनामार्फत जानकारी दिएका हुन् ।

नेपाल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत २१ गते एयरपोर्ट होटल, सिनामंगल, काठमाडौंमा ७१औं वार्षिक साधारण सभाको आयोजना गरेको थियो । 

त्यस्तै, वोमी लघुवित्तले चैत १६ गते २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न धुलिखेल काभ्रेपलाञ्चोक स्थित जुगल होटलको साभाहलमा ८औं साधारण सभा गर्ने निर्णय गरेको थियो । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्