ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अत्यावश्यक बाहेक सबै व्यवसाय बन्द गर्न आग्रह

२ लाखको राहत कोष स्थापना

२०७६ चैत, १०  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, दाङ । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न पूर्वसतर्कता स्वरुप दाङ जिल्ला उद्योग वाणिज्य संघले अत्यावश्यक व्यवसायबाहेक सबै व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले एक बक्तव्य जारी गर्दै सोमवारदेखि अर्काे सूचना जारी नहुँदासम्मका लागि जिल्लाका सबै व्यवसाय बन्द गर्न आग्रह गरेका छन् । 

संघले दैनिक उपभोग्य बस्तु, औषधि पसल, ग्यास, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने सवारी, होटललगायतका अत्यावश्यक पसलहरुवाहेक अन्य सबै उद्योगधन्दा, व्यवसाय बन्द गरेर सरकारले कोरानो भाइरसबाट बच्नका लागि अपनाएको पूर्वसतर्कतामा सहयोग गर्न पनि सबै व्यवसायीहरुलाई आग्रह गरेको छ ।

साथै संघले अत्यावश्यक कामवाहेक अन्य समयमा घरबाट वाहिर ननिस्कन पनि आग्रह गरेको छ ।

जारी बक्तब्यमा निस्कनै परे आवश्यक पूर्वसतर्कताका उपायहरु अपनाउन आग्रह गरिएको छ । साथै कोरोना महामारीको रोकथामका लागि संघले रू.२ लाखको राहात कोष स्थापना गरेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्