ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

औषधि पसल नियमित सञ्चालन गर्न आग्रह

२०७६ चैत, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रुपमा सञ्चालन गर्न व्यवसायिहरुलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सोमवार जारी गरेको बक्तव्यमा विश्वव्यापी रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रुपमा सञ्चालन गर्न अपिल गरिएको छ ।

अध्यक्ष श्रेष्ठले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आए त्यसको समाधानका लागिसमेत संघ तयार रहेको पनि उल्लेख गरेका छन् ।

साथै बक्तव्यमा आफ्ना व्यवसायीहरुलाई आफ्नो स्वास्थ्य सुरक्षाका लागि आवश्यक अपरिहार्य सुरक्षा विधि अपनाएर औषधि बेच्न पनि आग्रह गरिएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्