ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद भर्ने अवधि थप 

२०७६ चैत, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । एनएलजी इन्स्योरेन्सले फागुन २२ गतेदेखि विक्रीमा ल्याएको ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यसअघि चैत १२ गतेसम्मको मिति तय गरेपनि अहिलेको परिस्थितिलाई ध्यानमा राखी चैत २७ गतेसम्म अवधि थप गर्ने निर्णय कम्पनीले गरेको हो ।

कम्पनीले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद विक्रीको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस २९ गते कम्पनीले स्वीकृति पाएको थियो । यो हकप्रद माघ २६ गतेसम्मका कायम शेयरधनीहरुले मात्र खरीद गर्न सक्नेछन् । 

हकप्रद प्रयोजनका लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो । कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड थ्री’ रेटिङ प्रदान गरेको छ । कम्पनीको हकप्रदमा लक्ष्मी क्यापिटल लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ ।

कम्पनीको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ४ लाख ६ हजार २५० रहेको छ । हकप्रद बाँडफाँट पछि उक्त पूँजी रू. १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्